Comments Add Comment

जोशीको पुस्तक विमोचन गर्दै सुशीलले भने-राजनीतिका लागि प्रेरणादायी छ

८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशिल कोईरालाले पुर्व मन्त्री एवमं नेपाली कांग्रेसका नेता रामहरि जोशीको आत्मकथा ‘अध्यारोबाट उज्यालोतिर’ बिमोचन गर्दै उक्त पुस्तक नेपाली राजनीतिको लागि प्रेरणादायी पुस्तक भएको बताएका छन् ।

Ram-Hari-Joshi
नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा प्रजातन्त्रका सेनानी सम्मान कार्यक्रममा जोशीलाई सम्मान तथा पुस्तक बिमोचन गर्दै प्रधानमन्त्री कोईरालाले गान्धीवादी नेता जोशीको पुस्तक बिमोचन गर्न पाउनु र उहाँलाई सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको बताए ।

पुस्तकका हिरो रामहरि जोशीले आफनो पुस्तकले राजनीतिमा लाग्नेलाई कहिल्यै निराश नहुने प्रेरणा दिने बताउदै भने ‘सच्चा राजनीतिज्ञ वा राजनेता कहिल्यै निराश हुदैनन् ,चाहे राजनीतिको बाटोमा जतिसुकै ठुलो बिध्नबाधा किन नआओस ।’

पुस्तक ‘अध्यारोबाट उज्यालोतिर’ले सातसालको क्रान्ति देखि संविधानसभाको दोस्रो चुनाव सम्म समेटेको छ ।

राजनीतिज्ञ बिपि कोईराला, कृष्ण प्रसाद भट्राई, गणेशमान सिंह, सुवर्ण समशेर , राममनोहर लोहिया देखि लक्ष्मी प्रसाद देवकोटा सबैलाई कसरी चिनेको भन्ने रोचक कुराहरु पनि किताबमा भएको सो कार्यक्रममा बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment