Comments Add Comment

अब पुरुषका लागि दुइथरी गर्भनिरोधक चक्की

aausadhi
अहिलेसम्म पुरुषका लागि गर्भनिरोधक साधन भनेको एकमात्र कण्डम नै हो । यद्यपि महिलाको हकमा भने धेरै प्रकारका गर्भनिरोधक साधनहरु उपलब्ध छन् । ती मध्ये हर्मोनयुक्त चक्कीहरु बढि प्रयोगमा रहेका छन् ।

कण्डमको प्रयोगले गर्भनिरोधका साथै यौनरोगबाट समेत बचावट गर्ने भएपनि कतिपय पुरुषहरु यौन सम्बन्धका बेला कण्डमको प्रयोग गर्नुपर्दा झण्झट मान्छन् र यसबाट पर्याप्त सन्तुष्टि नहुने गुनासो गर्छन् । पुरुषहरुको यहीँ गुनासोलाई सम्बोधन गर्दै वैज्ञानिकहरुले पुरुषहरुका लागि गर्भनिरोधक चक्की तयार गर्दैछन् ।

नचाहेको गर्भबाट बच्नका लागि पुरुषहरुले प्रयोग गर्नसक्ने कम्तिमा पनि दुइवटा नयाँ गर्भनिरोधक विधिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । यिनीहरुमध्ये एउटा एच टू ग्यामेनड्याजोल हो र अर्को जेक्यू वान मोलिक्यूल ।

एच टू ग्यामेनड्याजोल यस्तो वस्तु हो जसले शुक्रकिटलाई पूर्ण रुपमा विकशित हुन दिँदैन । सामान्यतया अपरिपक्व शुक्रकिटहरु अण्डकोषमा प्रवेश गरेपछि पूर्ण विकशित हुन्छन् तथापि यो चक्कीले शुक्रकिटलाई पूर्ण विकशित हुन दिँदैन ।

अमेरिकाको युनिभर्सिटी अफ कन्सास मेडिकल सेन्टरका प्रजनन जिव वैज्ञानिक जोसेफ तासका अनुसार जब गर्भाधान गराउने खालका शुक्रकिट हुँदैनन् तब अण्डामा गर्भाधान गरी भ्रुण बन्ने सम्भावना नै रहँदैन ।

अर्को सम्भावित पदार्थ जेक्यू वान हो जसले सरीरमा शुक्रकिटको निर्माण हुने दिशा नै बन्द हुन्छ । यो यौगिकले अण्डकोषको प्रोटिनमा कुनै क्षति नपूराइकन शुक्रकिटको निर्माण मात्र रोक्न सक्छ सक्दैन भन्ने विषयमा वैज्ञानिकहरुले अनुसन्धान केन्द्रित गरेका छन् । सन् २००१ देखि पुरुषको गर्भनिरोधक चक्कीको अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले अबका केही वर्षभित्रैमा यसलाई बजारमा पठाउन सकिने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment