Comments Add Comment

इडिमित्सु इञ्जिन आयलको नेपाली बिक्रेता स्याकार कम्पनी

Honda Lubricent
८ फागुन, काठमाडौं । जापानी कम्पनी इडिमित्सुकोसानबाट उत्पादित होण्डा जेन्यूइन इञ्जिन आयल नेपालमा स्याकार ट्रेडिङ कम्पनीले बिक्री वितरण गर्ने भएको छ ।

स्याकारले इडिमित्सुकोसानको मुम्बईस्थित सहायक कम्पनी इडिमित्सु ल्यूब इण्डियामा उत्पादित इञ्जिन आयल बिक्री गर्ने भएको हो । यस विषयमा दुई कम्पनीबीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा इडिमित्सु ल्यूबका प्रबन्ध निर्देशक ताकियोसी मिकी तथा स्याकारका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रुपमा हस्ताक्षर गरे । कम्पनीले मोटरसाइकलका लागि १ लितरको तथा स्कुटरका लागि ८ सय मिलिलिटरको बोतलमा इञ्जिन आयल उपलब्ध गराउने छ । त्यस्तै, होण्डा गाडीका लागि भने ४ लिटरको ‘एसएल१०डब्लू३०’ उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

इञ्जिन आयलको ग्रेड ‘एसजे१०डब्लू३०एमए’ र ‘एसजे१०डब्लू३०एमबी’ हुने छ । कम्पनीले भविष्यमा अन्य लुबि्रकेन्टहरु पनि नेपाली बजारमा उपलब्ध गराउँदै जाने बताएको छ ।

स्याकारले विगत ४८ वर्षदेखि नेपालका लागि होण्डा मोटरसाइकल, स्कुटर, गाडी तथा होण्डा पावर प्रोडक्ट आयात तथा बिक्री वितरण गर्दै आएको छ ।

होण्डा कम्पनी जापानले समेत सिफारिस गरेको यस विश्वस्तरीय र ग्यारेण्टीयुक्त जेन्यूइन ल्यूब नेपाली ग्राहकहरुले प्रयोग गर्न पाउँदा उनीहरु अझ बढि सन्तुष्ट हुने कम्पनीका अध्यक्ष ज्योतिले विश्वास व्यक्त गरे ।

कम्पनीले देशभर रहेका ८० वटा भन्दा बढि डिलरको माध्यमबाट उक्त ल्यूबको बिक्री वितरण गर्ने बताएको छ । यस ल्यूबको प्रयोगले मोटरसाइकल तथा गाडीको माइलेज बढ्ने, प्रदुषण न्यून हुने, इन्जिन पावर बढ्ने तथा इन्जिन समेत लामो समयसम्म चल्ने कम्पनीको दाबी छ ।

सन् १९११ मासाजो इडिमित्सुद्वारा स्थापित इडिमित्सुकोसान कम्पनी जापानको दोश्रो ठूलो पेट्रोलियम रिफाइनरी कम्पनी हो । जसको अहिलेसम्म ३ वटा रिफाइनरी जापानमा स्थापीत छन् । वर्तमान समयमा ३१ वटा म्यानुफ्याक्चरीङ्ग बेश र ३७ वटा बिक्री केन्द्रमार्फत यो कम्पनी विश्वभर फैलिएको छ ।

सन् २०१३ मा विश्वभर १ करोड ४ लाख किलो लिटर लुबि्रकेन्ट बिक्री वितरण भएको आधिकारीक पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment