Comments Add Comment

मलेसियामा नाचगान गरी सोनाम ल्होछार मनाईयो

lhosar-malasea-4रामचन्द्र नेपाल

क्वालालम्पुर ।  प्रवासी तामाङ एकता समाज मलेसिया र नमोवुद्ध एफएमको संयुक्त आयोजनामा मलेसियामा ल्होछार पर्व सांगितिक कार्यक्रमको साथमा मनाईएको छ ।

lhosar-malasea-6नेपालका चर्चित सेलो गायक चन्द्रकुमार दोङ, गायिका तुल्सा वाईवा, गायक विश्व दोङ लगायतका कलाकारहरुलाई नेपालवाट भिकाईएको थियो ।

यसैगरी मलेसियामा रहेका गायक फुर्वा दोर्जे तामाङ, गायिका पूर्णिमा गोले तथा मलेसियामा रहेको अन्य कलाकारहरुले समेत कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

क्वालालम्पुरमा रहेको होटल अाशंकामा भएको कार्यक्रममा सयाैं नेपालीहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शंकरवहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले मगर, नेपाल तमु समाज मलेसियाका महासचिव केश तमु लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

lhosar-malasea-7प्रवासी तामाङ एकता समाजका उपाध्यक्ष दीपक तामाङको सभापत्विमा सम्पन्न कार्यक्रममा पाहुनाहरुलाई स्वागत भक्त तामाङ र कार्यक्रमको संचालन नमोवुद्ध एफएमका अध्यक्ष जगत दोङले गरेका थिए ।

द खुकुरी रेष्टुरेण्टको कार्यक्रमको प्रमुख प्रायोजनमा भएको कार्य युनिक फेशन, पशुपती रेमिट, रमाईलो रेष्टुरेण्ट, भान्छा घर तथा विभिन्न ब्यक्तिहरुले सहयोग गरेका थिए । कार्यक्रममा समाजले विभिन्न ब्यक्ति संस्था तथा कलाकारहरुलाई सम्मान गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment