Comments Add Comment

दक्षिण अफ्रिकाविरुद्ध भारतको ऐतिहासिक जित

rahane-and-dhawan_afp

  • १२५ रनको साझेदारी गरेका शिखर धवन र अजिक्य रहाने । तस्वीर : एएफपी

१० फागुन, काठमाडौं । विश्वकप क्रिकटमा भारतले दक्षिण अफ्रिकाविरुद्ध पहिलो जित हात पारेको छ ।

विश्वकपमा लगातार दोस्रो जित हात पार्ने क्रममा आइतबार भारतले दक्षिण अफ्रिकालाई १३० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसअघि विश्वकपमा भएको तीन भेटमा भारतले जित हात पार्न सकेको थिएन ।

मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शतकको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३०७ रन बनायो । ९ रन जोड्दा रोहित शर्मा (शून्य) लाई पहिलो विकेटका रुपमा गुमाएको भारतको लागि धवनले विराट कोहली र अजिन्या रहाणेसँग दुर्इ शतकीय सझेदारी गरे ।

दोस्रो विकेटका लागि विराट कोहलीसँग १२७ रनको साझेदारी गरेका धवनले तेस्रो विकेटका लागि अजिन्या रहाणेसँग १२५ रनको साझेदारी गरे । धवन १३७ रनमा आउट भए ।

रहाणेले ७९ र कोहलीले ४६ रनको योगदान दिए । भारतका कप्तान महेन्द्रसिंह धोनी मात्र १८ रनमा आउट भए भने सुरेश रैना ६ र रेविन्द्र जडेजा मात्र २ रनमा आउट भए ।

मोर्ने मोर्केलले २ विकेट लिए ।

भिडिलियर्स विकेट टर्निङ प्वाइन्ट

३०८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले खराव सुरुवात गर्‍यो । भारतीय बलरहरु हावी भएको खेलमा दक्षिण अफ्रिकाले ४० रन जोड्दा ओपनरद्वय हसिम अमला (२२) र कोक (७) लाई गुमाएको दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले एभी डिभिलियर्ससँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।

MS Dhoni flicks the ball onto the stumps to run David Miller out

तर, डिभिलियर्स तेस्रो विकेटका रुपमा ३० रनमा आउट भए, जतिबेला दक्षिणको स्कोर १०८ रन थियो । भने थप २५ रन जोड्दा डिभिलियर्स व्यक्तिगत ५५ रनमका आउट भए ।

भिडिलियर्स विकेट भारतको जितमा टर्निङ प्वाइन्ट बन्यो । थप ४४ रन जोड्दा दक्षिण अफ्रिकाले बाँकी ६ विकेट गुमायो र ४०.२ ओभरमा १७७ मा अल आउट भयो ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका आर अश्विनले तीन विकेट लिए भने मोहम्मद सामी र मोहित शर्माले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment