Comments Add Comment

होली एन्जल्स र श्रमज्योतिलाई उपाधि

१० फागुन, काठमाडौं । होली एन्जल्स पब्लिक स्कुल र श्रमज्योति पब्लिक स्कुलले चौथो ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । होली एन्जल्स ब्वाइज र श्रमज्योति गल्र्सतर्फ पहिलो भए ।

संस्थागत विद्यालय संघ नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फइनलमा होली एन्जल्सले पिक प्वाइन्ट एकेडेमीलाई १-० गोलले पराजित गर्‍यो । पिक प्वाइन्टका खेलाडीले गरेको आत्माघाती गोलनै निर्णायक बन्यो । रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) ले तेश्रो स्थानमा चित्त बुझायो । रिम्सले राजु गोलेको निर्णायक गोलमा चाल्र्स डार्विनलाई १-० ले हरायो ।

गर्ल्सको फाइनलमा जोरपाटीस्थित घरेलु मैदानमा श्रमज्योतिले चाल्र्स डार्विनलाई १-० गोलले पाखा लगायो । गीता थापाले गरेको गोलनै निर्णायक सावित भयो । तेश्रो स्थानका लागि भएको खेलमा गि्रन तारा चाइल्ड हेभेन स्कुलले जीवन तारा स्कुललाई २-१ ले पन्छायो ।

ब्वाइजमा पिक प्वाइन्टका सविन राना मगर र गल्र्समा श्रमज्योतिकी गीता उत्कृष्ट खेलाडी चुनिए । गल्र्समा गीतासंगै चार गोल गरेकी ग्रिन ताराकी प्रतिभा सर्वाधिक गोलकर्ता बने ।

ब्वाइजमा ३ गोल गरेका गि्रन ताराका प्रजा सुनवार सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । ब्वाइजमा पिक प्वाइन्टका रियाज श्रेष्ठ र गल्र्समा गि्रन ताराकी सीता उपाध्याय उत्कृष्ट किपर घोषित भए । ब्वाइजमा ग्रिन तारा र गर्ल्समा लिबर्टी एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, ईशानका अध्यक्ष बालमुकुन्द कार्की, काठमाडौं जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नारायण ढकाललगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा १२ गरी २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment