Comments Add Comment

मधुमेहबाट बच्न के गर्ने ?

besarएक समय यस्तो थियो, मधुमेह अर्थात (डाईबिटिज) का वारेमा मान्छेलाई जानकारी नै थिएन । तर, आज हरेक नागरिक मधुमेह कस्तो रोग हो भन्नेमा जानकार छन् ।

पछिल्लो तथ्याङ्क अनुसार शहरमा हरेक तीन जनामा एकलाई यो रोग लाग्ने गरेको छ । यो आफैंमा भयानक रोग भने होईन । आफ्नो स्वास्थ्यको विषयमा चनाखो हुँदै सावधानी अपनाएमा स्वस्थ रहन सकिन्छ ।

के गरेमा मधुमेहवाट छुटकारा पाउन सकिन्छ त ?

यदि मधुमेहबाट बच्ने हो भने प्रशस्त मात्रामा भिटामिन ‘डी’को सेवन गर्नु जरुरी छ । यसो भन्दैमा भिटामिन ‘डी’ भएको औषधी खानुपर्छ भन्ने होईन भिटामिन ‘डी’ पाईने भोजन गर्नु जरुरी छ ।

धुम्रपान पनि मधुमेहको मुख्य कारण हो । यदि तपाई धुम्रपान गर्नुहुन्छ भने मधुमेहको लक्षण देखिएपछि तत्कालै धुम्रपान छाड्नुपर्छ भने गुलियो पदार्थ पनि छोड्नुपर्ने हुन्छ । चिनी लगायत अन्य कुनै पनि गुलियो पदार्थ चटक्कै छाड्नुपर्ने हुन्छ मधुमेहका रोगीले । गुलियो पदार्थ मधुमेहका लागि सबै भन्दा घातक वस्तु हो ।

कतिपयले बेसारलाई मधुमेहको रामवाण नै मान्ने गरेका छन् । बेसारको नियमित सेवन गर्दा यो रोगको खतरा ५० प्रतिशत कम हुन जान्छ ।

यस्तै, खानामा प्रशस्त मात्रामा सागसब्जीको प्रयोग गर्नु जरुरी छ । काउली, ब्रो काउली, हरियो सागसब्जी लगायतका तरकारीजन्य वस्तु प्रशस्त मात्रामा सेवन गर्न जरुरी छ । दालचिनी पनि मधुमेह नियन्त्रण गर्ने सजिलो घरेलु औषधी हो । यसको सेवनले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment