Comments Add Comment

नेपालमा गजलको भविश्य सुरक्षित छः रसिक

काठमाडौं । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले नेपालमा गजलको भविष्य सुरक्षित र सुनिश्चित रहेको बताएका छन् ।

prerana ko dhoon‘युवाहरुको ध्यान गजल लेखनतर्फ केन्द्रित छ, उनीहरुका गजल परिस्कृत र परिमार्जित हुन्छन्, त्यसैले अब गजलकै बजार छ’, गजलकार लक्ष्मी निरौलाको गजल संग्रह ‘प्रेरणाको धून’ विमोचन गर्दै कवि रसिकले भने ।

कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले गजल संग्रहको समीक्षा गर्दै पुस्तकमा समेटिएका सबै गजलहरु सम्झानायोग्य भएकाले कृति उत्कृष्ट रहेका चर्चा गरेका थिए ।

राष्ट्रियता, समावेशी तथा प्रेममयी भावनामा लेखिएका निरौलाका गजलहरु गाउनसमेत योग्य रहेको बरालले बताएका ।

‘गजलकार निरौलाले विषयबस्तुको उठान गरेका छन्, केही भाषिक त्रुटिबाहेक गजलले मन छुन्छ’, प्रा.डा. बरालले भने ‘सैद्धान्तिकरुपमा पनि गजलहरुलाई खोट देखाउने ठाउँ छैन ।’

अर्की समीक्षक डा. विन्दु शर्माले गेयात्मक गजलहरुले मन छोएको बताइन् । निरौलाको पुस्तकमा समेटिएका गजलहरु प्रेम, आवेग, संवेग तथा भावाना मिश्रति भएकाले पाठकहरुको ध्यान एकत्रित हुने दाबी गरेकी थिइन् ।

कार्यक्रममा गायिका लोचन भटटराई तथा गजलकार इन्दु अंशुले विमोचित कृतिबाट एक-एकवटा गजल बाचन गरी दर्शकदीर्घामा रहेका साहित्यानुरागीहरुको ध्यान आकृष्ट गरेका थिए ।

कार्यक्रममा कवि अनिल पौडेल र सहप्राध्यापक जर्नादन पाँचथरेले पनि गजलकार निरौलाको कृतित्व र व्यक्तित्व बारेमा टिप्पणी गरेका थिए ।

विमोचित संग्रहमा ७६ वटा गजल समेटिएका छन् । गजल संग्रह याम्बुरी बुक प्वाइण्टले प्रकाशित गरेको हो । निजामति सेवामा क्रियाशील निरौलाको यो पहिलो साहित्यिक कृति हो । झापा स्थायी घर भएका निरौलाले ०५० सालदेखि गजल लेख्न शुरु गरेका हुुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment