Comments Add Comment

कोरिया सफा गर्न नेपालीहरू सडकमा 

jhapa milan-koreaसउल । कोरियामा रहेका नेपालीहरू सरसफाईको लागि सडकमा निस्किएका छन् । झापा मिलन समाज कोरियाले आयोजना गरेको उक्त कार्यक्रममा यसरी नेपालीहरू सरसफाई अभियानमा जुटेका हुन् । राजधानी सउलस्थित तुङ्गदेमुन सहरमा गत शुक्रवार नेपालीहरूले यसरी सरसफाई अभियान सञ्चालन गरेका हुन् ।

कोरियामा रहेका नेपालीहरूको भेटघाट हुने महत्पूर्ण स्थानमा परिचित तुङ्गदेमुन सहरमा नेपालीहरुकै कारणले उक्त क्षेत्रमा फोहर हुने गर्दछ । झापा मिलन समाजको चैाथो अधिवेशनको पूर्व सन्ध्यामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा झापा मिलन समाजका संरक्षक तथा एनआरएन कोरियाका आईसीसी प्रतिनिधि केपी सिटैाला,  समाजकै सल्लाहकार तथा नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष लोचन राई, समाजका अध्यक्ष मीनप्रकाश उप्रेती लगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

नयाँ कार्यसमिति चयन

झापा मिलन समाजको चैाथो अधिवेशनले सन्तोष श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । गठित  समाजको वरिष्ठ उपाध्यक्षमा राजु सन्तोषी थापा रहेका छन् भने अन्य उपाध्यक्षमा पवन राई र राजिव बस्नेत रहेका छन् ।  सचिवमा सुशील मैनाली, सहसचिवमा रन्जितकुमार यादव र कोषाध्यक्षमा बालकृष्ण राई रहेका छन् ।

यसैगरी सदस्यहरूमा राजीव कार्की, सुरज केसी,  खगेन्द्र पाण्डे,   सरोज दाहाल, अनिल नेपाल, श्री खनाल र नरहरी फुँयाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment