Comments Add Comment

अमेरिकामा एमआरपी अभियानमा नेपाली संस्थाहरु क्रियाशील

MRPकोलोराडो । हस्तलिखित राहदानीले मान्यता नपाउने भएपछि अमेरिकामा रहेका नेपाली संस्थाहरु एमआरपी अभियानमा क्रियाशील भएका छन् ।

नेपाल सरकारले जारी गरेको हस्तलिखीत पासपोर्ट आगामी नोभेम्बर २४ देखि मान्य नहुने भएपछि एमआरपी बनाउन कोही नछुटुन् भन्ने उद्देेश्यले कोलोराडोमा क्रियाशील दुई संस्थाले घरदैलो अभियान संचालन गर्न लागेका छन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेको स्टेटहरुमा छिटो र छरितो माद्यमबाट एमआरपी फारम वितरण तथा संकलन गर्न स्थानीय संघ संस्थाहरु परिचालन गर्ने नेपाली राजदूतावास र एनआरएनको नीति अनुसार हालै नेपाली घर र रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्षलाई आधिकारिक पत्र प्राप्त भएपछि घरदैलो कार्यक्रम गर्न लागिएको हो ।

स्थानीय ब्याक्तिहरुलाई परिचालन गरि आयोजना गरिने घरदैलो कार्यक्रम कोलोराडो स्पि्रङ भेलदेखि फुट्कलिङ सम्म संचालन हुने नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले बताए । दुवै संस्थाको पहलमा कोलोराडोस्थित विभिन्न शहरमा बसोवास गर्ने सय जनाभन्दा बढि स्थानीयलाई राजदूतावास र एनआरएनले निकट भविष्यमा संचालन गर्न लागेको कार्यशालामा सहभागी गराई उनीहरुको प्रत्यक्ष सहभागीतामा घरघरमा गई सहि तरिकाबाट र्फम भराई, संकलन गरिने अध्यक्ष श्रेष्ठले जनाए ।
नेपाल सरकारले विश्वको कुना कुना सम्म छरिएर बसोवास गरेका नेपालीहरुले तोकिएको समयभित्र एमआरपी बनाउन नछुटुन् भन्ने उद्देेश्यले चलाएको अभियानलाई सफल पार्न संस्थाको काँधमा आएको जिम्मेवारीलाई सक्रियताका साथ पूरा गर्ने रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यले बताए । एमआरपीको लागि दूतावासमा पठाईएका धेरै आवेदन फारमहरु नेपाल सरकारले तोकेको ढाँचा अनुसार नहुँदा धेरै नेपालीले समस्या झेल्नु परेको छ ।

एमआरपी बनाउन समस्या नहोस् भनेर नै ती संस्थाको सक्रियतामा भरिएका फारमहरुलाई तालिम प्राप्त विशेष समितीले जाँचेपछिमात्र राजदूताबास पठाईने हुँदा भरिएका कुनैपनि फारमहरु प्रक्रियागत त्रुटिका कारण रद्द नहुने दुवै संस्थाले दावी गरेका छन् ।

–नातिबाबु भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment