Comments Add Comment

वासु–शशी स्मृति अभिनन्दन’आख्यानकार प्रधानलाई

यस वर्षको ‘वासु–शशी स्मृति अभिनन्दन’ वरिष्ठ आख्यानकार परशु प्रधानलाई प्रदान गरिने भएको छ ।

‘वासु–शशी स्मृति’परिषद्को बैठकले विगत साँढे पाँच दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका आख्यानकार प्रधानलार्इ उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रधानको ‘जीवनपथ–२०१६’(कवितासङ्ग्रह), ‘सबै विर्सिएका अनुहार–२०२५’(कथासङ्ग्रह),‘यौटा अर्को दन्त्यकथा–२०२८’(कथासङ्ग्रह), ‘वक्ररेखा–२०२५’,‘फेरि आक्रमण– २०२५’(कथासङ्ग्रह),‘प्रतिनिधि कथाहरू–२०४१’ (कथासङ्ग्रह),‘सीताहरू–२०६४’,‘विश्व यौनकथा’(अनुवाद)–२०६८,‘परशु प्रधानका उत्कृष्ट कथा–२०६८’ (कथासङ्ग्रह)लगायत दुई दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित भइसकेका छन् ।

परिषद्ले ‘वासु–शशी स्मृति पुरस्कार’ कवि एवम् कथाकार कणाद महर्षिलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि पन्ध्र हजार रहेको छ । कवि महर्षिले नेपाली भाषा साहित्यको क्षेत्रमा विगत चार दशकदेखि निरन्तर योगदान पुर्‍याएका छन् ।

उनका कविता सङ्ग्रह ‘गुफा–२०३१’,‘पग्लेका लाभाहरू’–२०३४,‘आजको मान्छेका कविता’–२०४५,‘भतेर र आँखाहरू’–२०५०,‘घाउमा हरिभक्त कटुवाल’–२०५८,‘कणादका कथाहरू’–२०७१, सहित आधा दर्जन कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment