Comments Add Comment

फ्रेस फेस : ‘म धेरै पटक शोषित भएकी छु’ : सुप्रिया कटुवाल(भिडियोसहित)

Supriya katwal (1)
नेपालमा यतिबेला म्यूजिक भिडियोको बजार फस्टाएको छ । आम्दानी नभएपनि कोही रहरले त कोही वाध्यताले यसमा लगानी गरिरहेका छन् । यसैले पनि केही चल्तीका मोडललाई भने यसले राम्रै फाइदा दिलाएको छ ।

मोडल सुप्रिया कटुवाल पनि यही भिडमा पर्छिन् । निर्देशक समन अधिकारीको म्यूजिक भिडियोमा सर्वाधिक देखिने सुप्रियालाई लाग्छ, उनको सपना पुरा हुँदैछ । समन अधिकारीसँग काम गर्दा सजिलो हुने भएकाले पनि निरन्तर देखिएको उनको भनाई छ । उनले म्यूजिक भिडियोको दुनियाँमा पनि क्याम्प हुने गरेको खुलाइन् ।

अनलाइनखबरको ‘फ्रेस फेस’ अन्तर्गत कुराकानी गर्ने क्रममा सुप्रियाले भनिन्-‘मेरो सानैदेखिको सपना थियो । भिडियो खेलौ, मानिसहरुले मलाई चिनुन् ।’ सुप्रिया आज आफूलाई केही बढी मानिसहरुले चिन्न थालेकोमा दंग छिन् ।
सुप्रियासँग अनलाइनखबरले गरेको भिडियो कुराकानी हेर्नुहोस्

के भिडियो मात्र खेलेर राम्रै आम्दानी हुन्छ त ?, सुप्रियाले रहस्य खोलिन्-‘मलाई गोजी खर्च पुगेको छ । तर, ठूला ठूला खर्च गर्न म सक्दिन ।’ उनले एउटा भिडियोको आफूले १५ हजारसम्म लिने बताइन् ।
Supriya katwal (2)
नायक राजेश हमाललाई मन पराउने सुप्रिया उनीसँगै चलचित्र र भिडियो खेल्न चाहन्छिन् । यो क्षेत्रमा पनि विभिन्न कोणबाट मोडलहरु शोषित हुने गरेको छन् हो भन्ने प्रश्नमा सुप्रियाले भनिन्-‘हो, करिअरुको सुरुवातमा म पारिश्रमिकमा खुबै शोषित भएकी छु । सुरुमा काम गराउँदा यतीसम्म दिन्छु भनेर पछि दिदैनन् ।’ अहिले भने उनले आफू यस्तो शोषणमा नपरेको उनले बताइन् ।

चलचित्र खेल्ने रहर छ कि छैन त, सुप्रिया भन्छिन्-‘पक्कै पनि म चलचित्र खेल्न चाहन्छु । चलचित्र नै नखेली कोही पनि मोडल सेलिब्रेटी बन्दैन ।’ उनले आफूलाई यूवाको कथामा काम गर्न मन लागेको खुलाइन् ।

उनलाई आफू कत्तीको सुन्दर लाग्छ त ?-‘म सुन्दर छैन । पर्दामा भने मेरो अनुहार राम्रो देखिन्छ ।’ उनले आफ्नो अंगमा आँखा र ओठलाई सेक्सी भनिन् ।

म्यूजिक भिडियो र चलचित्रमा नै लागेर यो क्षेत्रमा लामो समयसम्म लाग्ने योजना सुप्रियाको छ । Supriya katwal (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment