Comments Add Comment

समर्थकले गरे पाकिस्तानी क्रिकेेट टीमको ‘अन्त्येष्टि’

Pakistan cricket fans hold mock funeral for national team

पाकिस्तानको दक्षिणपूर्वी शहर मुल्तानका क्रिकेट प्रशंसकहरुले राष्ट्रिय क्रिकेट टीमको पुत्ला बनाएर अन्त्येष्टि गरेका छन् ।

विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा चिरप्रतिद्वन्द्वी ७६ रनले पराजित पाकिस्तान दोस्रो खेलमा वेष्टइण्डिजसँग १५० रनको लज्जास्पद हार व्यहोरेको थियो ।

विश्वकपमा लगातारको हारपछि पाकिस्तानी क्रिकेट टीमको चर्को आलोचना भएको छ । वेस्ट इण्डिज बिरुद्धको खेल एकदिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा खराब सुरुवात गरेकेा पाकिस्तानले केबल १ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।

वेष्टइण्डिज सँगको लज्जास्पद हारपछि मुल्तान शहरका क्रिकेट समर्थकहरुले सांकेतिक अन्त्येष्टि समारोह आयोजना गरे । उनीहरुले क्रिकेटरको पुत्ला बनाएर कफनमा राखेका थिए भने त्यसमाथि थुप्रै ब्याट राखेका थिए ।

‘पाकिस्तानले यसपटक जित्छ भन्नेमा हामी पुर्ण आशावादी थियौं’ विरोधमा सहभागी मध्येका एक शमा बीबीले भने-‘अब हामी फेरि यो (हार) हेर्न चाहन्नौं ।’

वेस्टइन्डिजले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो । पाकिस्तानको ब्याट र बलिङ दुबै चलेन । साथै ५ क्याच ड्रप पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment