Comments Add Comment

बुद्धको मूर्तिभित्र भेटियो भिक्षुको अस्थिपञ्जर (फोटो फिचरसहित)

Mummified-Monk-Inside-Buddha-Statue-Meditating-Forever-5

भगवान बुद्धको मूर्तिभित्र मानव अस्थिपंजर भेटिएको छ । करिव एक हजार वर्ष पुरानो मुर्तिले बुद्ध दर्शन र संस्कृतिको खोज गर्दै आएकाहरुलाई आश्चर्यमा पारेको छ ।

११/१२ औं सताव्दीमा निर्माण भएको अनुमान गरिएको उक्त बुद्ध मुर्तिलाई हालै नेदरल्याण्डको मिन्डर मेडिकल सेन्टरमा सिटी स्क्यान गरिएको थियो । त्यस क्रममा मूर्ति मानव शरीरबाट बनेको खुलेको नेदरल्याण्ड टाइम्सले जनाएका छन् ।

Mummified-Monk-Inside-Buddha-Statue-Meditating-Forever-1

अध्यननका क्रममा मूर्तिको तल्लो भागमा सानो प्लाव पारेर क्यामरा छिराएर हेरिएको थियो । मूर्तिभित्र भेटिएको सडेको बस्तु प्रचिन चिनियाँ कागजले बेरिएको पाइएको छ ।

मूर्तिमा भेटिएको अस्थिपञ्जर चाइनिज मेडिटेसन स्कुलका बौद्ध गुरु लिउक्वानको भएको बौद्ध धर्म एवं संस्कृतिका विशेषज्ञ एरिक ब्रुजनले दाबी गरेका छन् ।

Mummified-Monk-Inside-Buddha-Statue-Meditating-Forever-4

यो बुद्ध मूर्ति हंगेरीस्थित राष्ट्रिय प्राकृतिक इतिहास संग्राहलयमा राखिएको छ । आगामी मे महिनामा यसलाई प्रदर्शन गरिनेछ ।

Mummified-Monk-Inside-Buddha-Statue-Meditating-Forever

Mummified-Monk-Inside-Buddha-Statue-Meditating-Forever-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment