Comments Add Comment

दीपिका र रणवीरका कारण कट्रिनालाई तनाब

deepika-ranbir-katrina

मुम्बई । दीपिका पादुकोण र रणबीर कपुरको अनस्क्रिन अफेयरले रणवीरकी रियललाईफ जोडी कट्रिना कैफ तनावमा छिन् ।

पछिल्लो समय दीपिका र रणबीर ‘तमाशा’ को सुटिङमा ब्यस्त भएपछि दीपिकाले आफ्नो भाग खोस्ने हो कि भनेर तनाबमा छिन् कैट ।

कश्मिरमा ‘फितुर’ को सुटिङ सक्ने बित्तिकै रणबीरलाई भेटन सिधै दिल्ली पुगेकी कैटले रणबीरसँग भेट गरेकी थिईन् ।

पछिल्लो समय रणवीर-दीपिकाको रोमान्टिक सिनको सुटिङ कट्रिनाको टाउको दुखाईको विषय बनेको छ । त्यसो त रोमान्टिक सिनको सुटिङमा निर्माण पक्षले कट्रीनालाई प्रवेश निषेध गरेको थियो ।

रणबीर र क्याटरिनाविच मगनी भएको हल्ला चलेसंगै दीपिकाले कट्रीनालाई रणबीरसँग बिबाह नगर्न सल्लाह दिएकी थिईन् । केही दिनपछि दीपिकाले आफु रणबीरसँग बिबाह गर्न इच्छुक रहेको बताएकी थिईन् ।

पूर्व प्रेमी प्रेमिका रहेका रणवीर कपुर र दीपिकाले भने आफ्नो भावनात्मक सम्बन्ध सकिएको तर ब्यबसायिका सम्बन्ध भने कायम रहेको बताएका छन् । ब्रेकअपपछि पनि उनीहरुले दुईवटा फिल्ममा सँगै देखिएका छन जसलाई दर्शकले राम्रैसँग रुचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment