Comments Add Comment

विदेशिएका नेपालीको अात्महत्या रोक्न अमेरिकामा नाँचगान

stop suciteअमेरिका । भुटानी नेपालीको अमेरिका बसाइसराइसँगै आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । अमेरिकाको तथ्यांक अनुसार अमेरिकामा अत्महत्याका घटनाहरू तेब्बरले बृद्धि भएको छ । दिनप्रतिदिन अात्महत्याको घटना बढिरहेपछि कलाकारहरूले अमेरिकामा जनचेतना कार्यक्रम गर्दैछन् ।

नेपाली मुलका भुटानी कलाकारको योजनामा जनचेतनामुलक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा मनोचिकित्सक, अमेरिकी चिकित्सक, भुटानी नेपाली चिकित्सक,  भुटानी नेपाली सम्पूर्ण कलाकारहरुको आगमन हुँदैछ।

कार्यक्रममा मेनुका मेमोरियल फ़ाउन्डेशनद्वारा निर्मित आत्माहत्या गलत निर्णय हो भन्ने गीति भिडियो पनि तयार पारिएको छ ।  कार्यकममा मानिसक रोगको उपचारबारे मनोचिकित्सकहरुबाट परामर्शसमेत प्रदान गरिने कार्यक्रम संयोजक अम्बर सुब्बाले बताए।

येसैगरी  मेनुका मेमोरिअल फ़ाउन्डेनशन कार्यकारी निर्देशक तथा गायक किशोर सिवाकोटी, अम्बर सुब्बा र अर्जुन रसाइलीको संयुक्तरुपमा शब्द र संगीत तयार पारेका हुन् ।

गीत र भिडियोको सम्पूर्ण काम अमेरिकामै रहेको रिदम स्क्रिन क्रियसनका कमल राईले गरेका हुन्। गीत र म्यूजिक भिडियोलाई मेनुका मेमोरियल फ़ाउन्डेशनले  प्रस्तुत गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment