Comments Add Comment

रोनाल्डोको प्रशंसा गर्दै हेनरीले भने-मेस्सी उत्कृष्ट

Ronaldo-Mess

१२ फागुन, काठमाडौं । आर्सनल एवं बार्सिलोनाका पूर्व स्ट्राइकर थिएरी हेनरीले लगातार मैदानमा उच्च प्रदर्शन गरेको भन्दै क्रिष्टियानो रोनाल्डोकोको प्रशंसा गरेका छन् । तर, आफ्नो पूर्व टीममेट लिओनल मेस्सी उत्कृष्ट रहेको उनले बताए ।

पछिल्लो दुई सिजन मेस्सीलाई पछि पार्दै रोनाल्डोले फिफा बालोन डि’ओरको उपाधि जितेका छन् । तर, हेनरी भने मेस्सीलाई नै उत्कृष्ट मान्छन् ।

यद्यपि दुबै खेलाडीले मैदानमा गर्ने प्रदर्शनले फुटबल समर्थकलाई मनोरन्जल दिने उनले बताए ।

फिफा डट कमसँगको कुराकानीमा उनले भने-मैले मेस्सीको तर्फबाट खेलेँ, त्यसैले मेरो जवाफ त्यहीँ छ । तर म रोनाल्डोलाई पनि सम्मान गर्छु । उनले पछिल्ला बर्षहरुमा आफ्नो उच्च प्रदर्शन कायम राखेका छन् ।’

हेनरीलाई रोनाल्डो र मेस्सी मध्ये को उत्कृष्ट भन्ने प्रश्नमा सोधिएको थियो । आफूले मेस्सीसँग खेलेको र त्यसबेलाका असाधारण क्षणहरु रहेको भन्दै उनले भने-हामीले सँगै हार्यौं र जित्यौं । त्यसैले म मेस्सीलाई रोज्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment