Comments Add Comment

बलात्कारका अभियुक्तले भने- रक्सीको नशामा गल्ती भयो

Bara-Rapist-Arrested

  • कन्हाई गुप्तालाई सार्बजनिक गर्दै प्रहरी

१२ फागुन, बारा । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बारा प्रहरीले कलैया-४ निवासी २८ वर्षीय कन्हाई गुप्तालाई पक्राउ गरेको छ ।

शुक्रबार अपहरणमा परी बलात्कारपछि शनिबार बिहान फेला परेकी बालिकाको उपचार वीरगञ्जमा हुन नसकेपछि काठमाडौं लगिएको छ ।

कलैयामा पत्रकार सम्मेलन गरी प्रहरीले बालिका बलात्कार घटनामा संलग्न रहेको भन्दै कन्हाइलाई सार्वजनिक गरेको छ ।

प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त गुप्ताले रक्सीको नशामा आफूबाट गल्ती भएको स्वीकारेका छन् ।

गत शुक्रबार कलैया बजारमा आफ्नै बुबाको पसलमा खेलिरहेको अवस्थामा ती बालिकालाई गुप्ताले हात समातेर लगेको प्रहरीले जनाएको छ ।

रक्सीले मातिएका उनले बजारभन्दा पश्चिममा रहेको श्री ३ चन्द्र उच्च माविको दक्षिणतिर फोहोर फ्याँक्ने ठाउँमा बलात्कार गरी छाडेर भागेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।

‘उनी रक्सी र गाजा खाएर मातिएका थिए, बालिकालाई लग्नुअघि उनले एक अर्की बालिकालाई उठाउन खोजेका थिए’ प्रहरी उपरीक्षक मल्लले भने ।

-सुवासप्रसाद साहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment