Comments Add Comment

सस्तो मुल्यका पेन्टी किन्दा सांसदलाइ आपत्

penti
सस्तो बेसाहाले पखाला लाग्छ भन्ने उखानै छ । एकजना सांसदलाई सस्तोमा पाएको बेला किनेका पेन्टीले यस्तै आपत् पारेको छ । ५० प्रतिशत छुट सहित सेलमा राखिएका सस्तो मूल्यका पेन्टीहरु खरीद गरेका ती सांसदलाई संसद भवनमा पेन्टीले धोका दिँदा आपत परेको हो ।

घटना क्यानडाको हो । क्यानडाको विपक्षी दल न्यू डेमोक्र्याट्सका सांसद प्याट मार्टिनले सस्तो पाएको भनि खरीद गरेको अन्तरवस्त्र निकै कसिलो हुँदा संसद भवनको कुर्सीमै बस्न नसक्ने अवस्था आयो । पेन्टी निकै टाइट भएर बस्नै नसकेपछि उनले संसदमा चलिरहेको मतदानकै बीचमा संसद भवनबाट बाहिर निस्किएर आफ्नो घर पुगि अर्को पेन्टी फेरेर आउनुपरेको घटना अहिले निकै चर्चित बनेको छ ।

गत बिहिबारको हाउस अफ कमन्सको बैठकमा मतदान हुने बेला सांसद प्याट संसद भवनबाट बाहिरिएका थिए । उनी हतारिँदै बाहिरिएको देख्दा धेरैले आश्चर्य माने । तर उनी तत्कालै संसद भवनभित्र फर्किए । संसदमा फर्किएर आफ्नो मतदान गर्ने बेलामा उनले आफु बिचमै बाहिरिनुको कारण खुलाएपछि संसद भवनमा हाँसोको फोहोरा नै छुट्यो ।

संसदमा भाषण गर्दै सांसद प्याटले भने, ‘उनीहरुले आधा सस्तो भाउमा पुरुषका अन्डरवेयर बेच्न राखेका थिए । मैले एक थुप्रो किनेँ, वास्तवमा ती मलाई निकै सानो भए । त्यो लगाएर मलाई लामो समयसम्म बस्न निकै गाह्रो भयो ।’

वास्तवमा उनले क्यानेडाली डिपार्टमेन्ट स्टोर हड्सन बे मा पेन्टी खरीद गरेका थिए । संसदमा मतदान हुने बेला बाहिरिएर फेरि भित्र छिर्नु मर्यादा विपरितको काम भएको र त्यसले संसदको प्रोटोकल मिचेको भन्दै एकजना सांसदले प्याट विरुद्ध उपसभामुख समक्ष उजुरी गरेपछि प्याटले यस्तो स्पष्टिकरण दिएका थिए ।

तर आतंकवाद विरोधी कानूनको मस्यौदामा भएको मतदान कार्यक्रममा मस्यौदा प्रस्तुत गर्नेबेलामा उनी कुर्सीमै उपस्थित भएको हुँदा ती सांसदले दिएको मतलाई संसदले वैधता दियो ।

संसदको मर्यादा उल्लंघन गर्ने र त्यसको दोष पेन्टीलाई लगाउने ती सांसदप्रति सामाजिक संजालमा तिब्र व्यंग्य गरिएको छ । कतिपयले त सांसद प्याटको टाउकोलाई अन्डरवेयर मात्र लगाएको बडीविल्डरको जिउमा गाँसेर समेत इन्टरनेटमा अपलोड गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment