Comments Add Comment

मृत्युदण्ड पाउनु अघि धित मरुन्जेल खाने धोको, महिलाले गरिन् ८४ व्यञ्जनको माग

leadiesकसैलाई मृत्युदण्ड दिइनु अगाडि अन्तिम इच्छा सोधेको खण्डमा विभिन्न इच्छा जाहेर गर्लान् । मर्नुअगाडि एकछाक खान पाउँ भन्ने इच्छा सायद कमैको होला । तर एकजना महिलाले भने मर्नुअगाडि एकैचोटी झण्डै ८४ व्यञ्जन परिकार खाने इच्छा जाहेर गरेकी छिन् ।

आफ्नो श्रीमानको हत्यामा दोषी ठहर भएर मृत्युदण्डको सजाय सुनाइएकी एक महिलाले आफुलाई मृत्युदण्ड दिनुअघि खान चाहेका खानेकुराहरुको लामो सूचि पेश गरेकी छिन् ।

अमेरिकाको जर्जियामा फेब्रुअरी २५ का दिन विषालु सुइ दिएर मृत्युदण्ड दिन लागिएकी ४६ वर्षकी केली रेनी गिसेन्ड्यानरले आफ्नो अन्तिम भोजनलाई सायद किर्तिमानी बनाउन चाहन्छिन् र जिन्दगीमा धित मरुन्जेल खान नपाएको धोको समेत मर्नुअघि पूरा गर्न चाहन्छिन् ।

जेल प्रशासनसमक्ष आफ्नो अन्तिम इच्छाको पत्रका रुपमा भोजनको सूचि पेश गर्दै उनले पेश गरेका खानेकुराहरु निकै धेरै छन् । उनले दुइवटा चिजबर्गर, दुइवटा ठूलो फ्राइजका प्याकेट, नौनी लगाइएको मकैको रोटी, भुटेर फुला उठेको मकै (पपकर्न), उसिनेको अण्डा, गोलभेँडा, प्याज, मूला, चिज सहितको सलाद लगायतका छन् ।

न्युयोर्क डेली न्यूजका अनुसार उनले भोजनपछिको डेजर्टका रुपमा चेरी भ्यानिल्ला आइसक्रिम समेत आफुलाई उपलब्ध गराउन जेलका अधिकारीसमक्ष अनुरोध गरेकी छिन् ।

सन् १९९७ मा आफ्नो ब्वायफेण्डसँग मिलेमतो गरी लोग्ने डगलस गिसेन्डेनरको क्रुर हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ब्वायफेण्डको लोग्ने मार्न सघाउने ती महिलाका ब्वायफेण्ड ग्रेगोरी आवेनले २५ वर्षको जेल सजाय पाएका छन् ।

स्मरण रहोस् केली अमेरिकाको जर्जिया राज्यको इतिहासमा पछिल्लो ७ दशकमा मृत्युदण्ड पाउने पहिलो महिला बन्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment