Comments Add Comment

घाम तापेर छायाँमा आएपछि पनि जिउलाई खतरा

sun

एक अध्ययन अनुसार नांगो छालामा घाम तापिसकेर घाम नलाग्ने ठाउँमा आइसकेपछि पनि सूर्यको विकिरणको असर कायम रहने देखाएको छ । अध्ययन अनुसार घामबाट छायाँमा आएको घण्टौँपछि सम्म पनि सूर्यको किरणले छालामा नोक्सान पूराइरहेको हुन्छ र यसले क्यान्सरको खतरा समेत बढाइरहेको हुन्छ ।
अमेरिकाको याले विश्वविद्यालयका वैज्ञानिकहरुले रक्षात्मक मानिएको मानिसको छालामा हुने मेलानिन नामक रङकण (पिगमेन्ट) ले वास्तवमा नोक्सान पूराउने तथ्य समेत पत्ता लगाएका बीबीसीले उल्लेख गरेको छ ।

शोधकर्ताहरुका अनुसार यस अध्ययनबाट प्राप्त नतिजाले सूर्यको विकिरणबाट छालामा पर्ने असर कम गर्ने खालका अझै उच्चस्तरीय सनस्त्रिmन पदार्थ निर्माणमा मद्दत गर्ने दाबी गरेका छन् ।

सूर्यमा हुने परावैजनी किरणहरु मानिसको छालामा परेपछि त्यसले सरीरको डिएनएमा परिवर्तन गराउँछ ।

छालालाई रङ दिने मेलानिन नामक पिगमेन्ट नै सरीरको त्यस्तो रक्षाकवच मानिएको थियो जसले विकिरण सोसेर सरीरलाई विकिरणको नकारात्मक असरबाट बचाउँछ । यसअघि वैज्ञानिकहरुले मेलानिन पिग्मेन्टले सोसण गरेको विकिरण उर्जा आखिर कहाँ जान्छ भन्ने बारेमा पत्ता लगाउन सकेका थिएनन् ।

याले विश्वविद्यालका शोधकर्ताहरुको पछिल्लो अनुसन्धानले भने विकिरणको उच्च उर्जामार्फत रंगीन मेलानिन पिगमेन्टले एउटा रासायनिक प्रतिक्रियाको पूरा श्रृंखला सुरु गर्ने तथ्य पत्ता लगाएका छन् ।

प्रमुख शोधकर्ता प्राध्यापक डगलस ब्रासका अनुसार सुपर अक्साइड तथा पेरोक्सीनाइट्राइट जस्ता रसायनहरु उच्च उर्जाउक्त मेलानिन कणमा विच्छेद हुन्छन् र यौगिकहरुमा भएको उर्जा मुक्त हुन्छ ।

यो उर्जा त्यसपछि डिएनए मा पुग्छ । यसरी मानिसले घाम तापेको बेला छालाको मेलानिनले सोसेको उर्जाले जिउभित्र रसायन विच्छेद गरी उर्जा उत्पादन गर्ने र त्यो उर्जाले सरीरको डिएनएमा असर पूराउने रासायनिक प्रतिक्रियाको श्रृंखला सुरु हुन्छ । यसरी सुरु भएको श्रृंखला मानिस घाम छाडेर छायाँमा वा घरभित्र आराम गर्न गएपछि पनि जारी रहन्छ । शोधकर्ताहरुका अनुसार मानिसले घाम तापेको ४ घण्टा पछिसम्म परावैजनी किरणको असर सरीरमा रहिरहन्छ र त्यसले सरीरको डिएनएमा क्षति पूराइरहेको हुन्छ ।

शोधकर्ता ब्रासका अनुसार सूर्यको विकिरणका कारण मानिसको सरीरका डिएनएमा हुने आधा भन्दा बढि क्षति समुद्री तटमा घाम तापिरहेको बेलामा होइन की कारमा बसेर घर फर्किरहेको बेलामा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment