Comments Add Comment

अमिताभको नाममा अझै सिन्दुर लगाउँछिन रेखा

Rekha-Amitbah-Bachchan-181113

मुम्बई । रेखाले निधारमा लगाउने गोलो रातो टिका र सिउँदोको सिन्दुर अहिले पनि चर्चाको विषय बन्ने गरेको छ । घरमा बस्दा मात्रै हैन, सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा पनि नयाँ बेहुलीले झैं सिउँदोमा सिन्दुर लगाएर उपस्थित हुन्छिन् उनी ।

विभिन्न भारतीय समाचार संस्थाले जनाएअनुसार रेखाले अहिले पनि अमिताभ बच्चनको नाममा सिन्दुर लाउने गरेकी छिन् ।

पुनित इस्सरकी श्रीमति दीपाली इस्सरले एक म्यागजिनसँगको कुराकानीका क्रममा यो खुलाशा गरेकी हुन् । दीपालीले यो कुरा सार्वजनिक गरेपछि अहिले रेखा पुनीतसँग रुष्ट छिन् ।

पुनीत ‘बिग बोस ८’ मा सहभागी थिए । सोही कार्यक्रममा रेखा आफ्नो नयाँ फिल्म ‘सुपर नानी’ को प्रचारमा सहभागी भएकी थिईन् । तर, रेखा पुनितसँग बोलिनन् ।

रेखा पुनितसँग नबोल्नुको मुख्य कारण रेखाको जीवनमा पुनित वास्तविक भिलेन बनेर आएका थिए । हिन्दी फिल्म ‘कुल्ली’ को सुटिङमा पुनितको मुक्का लागेर अमिताभ घाईते भएका थिए भने रेखा र अमिताभको प्रेममा पूर्णबिराम लाग्नुको कारण पनि त्यहि नै थियो ।

खासमा पुनितले अमिताभलाई नियतबस मुक्का प्रहार गरेका थिएनन् । सुटिङको क्रममा झुक्किएर अमिताभलाई मुक्का लागेको थियो भने त्यहि मुक्काको कारण अमिताभ टेबुलमा ठोक्किएका थिए ।

मुक्का लाग्दा अमिताभ गम्भिर घाइते भए । उनी लामो समयसम्म अस्पतालमै बस्नुपर्‍यो । रेखा अन्य फिल्ममा पनि ब्यस्त थिईन् । उनले अमिताभलाई समय दिन सकिनन् तर, नायिका जया बच्चनले भने त्यही मौकामा अस्पतालमा निकै सेवा गरिन् अमिताभको ।

जयाको सेवावाट प्रभावित अमिताभले अस्पतालवाट डिस्चार्ज भएपछि जयासँग बिबाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment