Comments Add Comment

कालो हरिण शिकार अभियोगमा सलमानको फैसला आज हुनसक्ने

Salman Khan
मुम्बई । कालो हरिण शिकारमा अवैध हतियार राखेको अभियोगमा मुद्दा खेपिरहेका नायक सलमान खानको विषयमा आज अदालतले फैसला गर्न सक्ने विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फैसलाअघि सलमानलाई अदालतमा उपस्थित हुन समेत निर्देशन दिइएको छ ।

सन १९९८ मा हिन्दी फिल्म ‘हम साथ साथ हें’को सुटिङको क्रममा सलामान लगायत अन्य केही कलाकारलाई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।

जोधपुर अदालतका सरकारी वकिल एनके संखलाले एजेन्सीसँग कुरा गर्दै भनेका छन्-‘अबैध हतियार राखेको र प्रदर्शन गरेको अभियोगमा बुधवार अदालतले फैसला सुनाउन सक्छ ।’

एजेन्सीले उल्लेख गरे अनुसार सलमान अहिलेसम्म अदालत पुगेका छैनन् । उनी अहिले राजकोटमा सुरज बडजात्याको चलचित्र ‘प्रेम रतन धन पायो’को सुटिङमा ब्यस्त छन् ।

सुटिङ भईरहेको स्थान जोधपुर अदालत भन्दा ६५० किलोमिटर टाढा पर्छ । स्थलमार्गवाट आए भने समयमै अदालत पुग्ने सम्भावना कम छ । जोधपुरवाट फ्लाईट चार्टर गरेर गएमा समयमै पुग्ने सम्भावना हुन्छ । तर, जोधपुर एयरपोर्टमा प्लेन चार्टरको विषयमा उनले कुनै जानकारी गराएका छैनन् ।

समाचार एजेन्सीले उल्लेख गरे अनुसार सलमानले सन १९९८ अक्टोर १ वा २ तारिखमा कनकनी गाउँमा कालो हरिणको शिकार गरेका थिए भने हरिण शिकारमा प्रयोग गरिएको बन्दुकको लाईसेन्स थिएन । सोही कारण लुनी प्रहरीले आर्मएक्ट अनुसार मुद्धा दायर गरेको थियो ।

कालो हरिण शिकारको अभियोगमा तल्लो अदालतले सलमानलाई ५ वर्षको जेल सजाय सुनाएको थियो । तल्लो अदालतको निर्णय चित्त नबुझेपछि उनी हाईकोट गएका थिए । हाईकोर्टले पनि तल्लो अदालतकै निर्णय अनुसार कारवाही गर्न निर्देशन दिएको थियो ।

यस्तो छ सलमानमाथी लागेको आरोप
१९९८ सेप्टेम्बरमा राजस्थानमा फिल्म ‘हम साथ साथ है’ को सुटिङमा कालो हरिणको शिकार गरेको अभियोगमा सलमानको अतिरिक्त सेफअलि खान, सोनाली बेन्द्रे, तब्बु र नीलम बिरुद्ध संरक्षित जनावरको शिकार गरेको अभियोग लागेको थियो ।

सलमानले शिकारको बेला प्रयोग गरेको राईफलको लाईसेन्स समाप्त भएको थियो । अबैध राईफल राखेको पनि अभियोग लागेको छ उनलाई । उनले प्रयोग गरेको हतियारको २२ सेप्टेम्बरमा लाईसेन्स सकिएको थियो ।

१२ अक्टोबर १९९८ मा सलमान प्रहरीको गिरफ्तारमा परेका थिए । १३ अक्टोवरमा जोधपुर जेलमै वन विभागका कर्मचारीले उनको बयान लिएका थिए । बयान क्यामेरामा कैद गरिएको थियो । बयानपछि १७ अक्टुबरमा उनी जेलवाट छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment