Comments Add Comment

फियाटको हृयाचब्याक ‘इभो इमोशन’ बजारमा

Fiat-Punto-Evo
काठमाडौं । फियाट गाडीको नेपाली बिक्रेता लाइफ अटोमोबाइल्सले फियाटको नयाँ हृयाचब्याक पुन्टो इभो इमोशन कार नेपाली बजारमा भित्राएको छ ।

नेपालमा इमोशनको मूल्य २९ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । १८५ मिलिलिटर ग्राउन्ड क्लियरेन्स भएको इमोशन हृयाचब्याक सेगमेन्टमा सबैभन्दा बढि ग्राउन्ड क्लियरेन्स हुने कार भएको कम्पनीको दाबी छ ।
कारमा फुल्ली इन्टिग्रेटेड रोबोटाइज्डयू्क्त १४०० सीसीको पेट्रोल इञ्जिन रहेको छ । ११५४ केजीको कर्ब वजन भएको इमोशन सुरक्षित, बलियो र स्टेडी सवारीका लागि उपयोगी रहेको छ ।

कारमा स्मार्ट रियर विन्डोज वाईपर, प|mन्ट फग लाइट, न्वाइज सेन्सेटिभ ईन-ड्यास म्युजिक सिस्टम लगायतका सुविधाहरु रहेका छन् । त्यस्तै, अत्याधिक गति हुँदा सुचित गराउने, गाडीभित्रको तापक्रम बताउने, माइलेज देखाउने, माई कार ईन्टलीजेन्ट सिस्टम, स्टार्ट बन्द हुँदा पनि झ्यालहरु बन्द गर्न मिल्ने प्रविधि पनि कारमा जडान गरिएको छ ।

त्यसैगरि, ड्युल स्टेज ड्राइभर एयरब्याग, आवश्यकता अनुरुप एक्टिभेट वा डिएक्टिभेट गर्न मिल्ने पेसेन्जर साइडको एयरब्याग, फोन अपरेट गर्न ब्लुटुथ कनेक्टिभिटी, कारबाट नै फोनमा कमाण्ड गर्न सकिने प्रविधि, चारवटा ढोकामा एक्ज्याक्ट डोर ओपन इन्डिकेटर, अटो ब्रेकिङ्ग सिस्टम -एबिएस) र सबै चक्काहरुमा ब्रेकको असर हुने इलोक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन (इबिडी) लगायतका सुविधाहरु पनि कारमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment