Comments Add Comment

यूएईविरुद्ध आयरल्याण्डको रोमान्चक जित

Gary-Wilson

१३ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा आयरल्याण्डले यूएईविरुद्ध दुई विकेटको रोमान्चक जित हात पारेको छ । आयरल्याण्डको लगातार दोस्रो जित हो भने यूएईले दुबै खेल गुमाएको छ ।

यूएईले प्रस्तुत गरेको २७९ रनको लक्ष्य आयरल्याण्डमा ४ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । मात्र चार रन जोड्दा पहिलो विकेट गुमाएको आरयल्याण्डले ९७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।

तर, ग्यारी विल्सनसहितका मध्यक्रमका ब्याट्सम्यानहरुले जितको आधार बनाए । एन्डी बालबिरनी र ग्यारी विल्सनले पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गरे । एन्डी पाँचौं विकेटका रुपमा ३० रनमा आउट भएपछि विल्सनले केभिन ओबि्रयनसँग ७२ रनको साझेदारी गरे ।

विल्सनले ६९ बलमा ९ चौकासहित ८० रन बनाए भने ओबि्रयनले २५ बलमा ८ चौका र दुई छक्काको मदतमा ५० रन बनाए ।

यूएईका अमजाद जाभेदले ३ विकेट लिए भने मोहम्मद नजिभ र मोहम्मद तौकीरले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले शाइमन अनवरको शतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो ।

CRICKET-WC-2015-IRL-UAE

अनवर विश्वकप क्रिकेटमा शतक बनाउने यूएईका पहिलो ब्याट्सम्यान बने । साथै उनले अमजद जावेदले सातौं विकेटका लागि १०७ रनको कीर्तिमानी साझेदारी गरेका छन् । तर, आरयरल्याण्डसँगको हारले उनको कीर्तिमान छाँयामा परेको छ ।

अनवरले ८३ बलमा १० चौका र एक छक्काको मदतमा १०६ रन बनाए । यो विश्वकपमा यूएईका कुनै पनि ब्याट्सम्यानले बनाएको पहिलो शतक हो ।

अनवरले जावेदसँग सातौं विकेटका लागि १०७ रनको साझेदारी गरे । यो विश्वकपमा सातौं विकेटका लागि अहिलेसम्म भएको सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि वेष्टइण्डिजका आरडी याकुब र आरआर श्रवणले २००३ को विश्वकपमा आरयल्याण्डविरुद्ध ९८ रनको साझेदारी गरेका थिए ।
जावेदले ३५ बलमा ४२ रन बनाए । अजमद अलीले ४५ र खुर्राम खान ३६ रनले रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment