Comments Add Comment

विश्वकपमा यूएईका अनवरको शतक, सातौं विकेटका लागि कीर्तिमानी साझेदारी

Shaiman-Anwar

शाइमन अनवर विश्वकप क्रिकेटमा शतक बनाउने यूएईका पहिलो ब्याट्सम्यान बनेका छन् । साथै उनले अमजद जावेदले सातौं विकेटका लागि १०७ रनको कीर्तिमानी साझेदारी गरेका छन् ।

बुधबार बि्रसबेनमा यूएईले आरयल्याण्डविरुद्ध अनवरको शतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनायो ।

उसका लागि अनवरले ८३ बलमा १० चौका र एक छक्काको मदतमा १०६ रन बनाए । यो विश्वकपमा यूएईका कुनै पनि ब्याट्सम्यानले बनाएको पहिलो शतक हो ।

अनवरले जावेदसँग सातौं विकेटका लागि १०७ रनको साझेदारी गरे । यो विश्वकपमा सातौं विकेटका लागि अहिलेसम्म भएको सर्वाधिक ठूलो साझेदारी हो ।

यसअघि वेष्टइण्डिजका आरडी याकुब र आरआर श्रवणले २००३ को विश्वकपमा आरयल्याण्डविरुद्ध ९८ रनको साझेदारी गरेका थिए ।

जावेदले ३५ बलमा ४२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment