Comments Add Comment

रवीन्द्र मिश्रको पहिलो कविता संग्रह आउँदै

सञ्चारकर्मी रविन्द्र मिश्र अब कविका रुपमा साहित्यप्रेमीहरुमाझ आउने भएका छन् ।

rabindra-Mishra बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको पहिलो कविता सङ्ग्रह रवीन्द्र मिश्रका कविता फागुन २३ गते शनिबार सार्वजनिक हुने भएको छ ।

सङ्ग्रहमा विभिन्न समयमा लेखिएका ५४ वटालामा-छोटा कविता छन्, जसलाई लहोर, लण्डन, काठमाडौं खण्डमा विभाजित गरिएको छ ।
मिश्रका कविताबारे पाका कवि मञ्जुल लेख्छन-भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’

Rabindra-book-cover-photoयुवाकवि बुद्धिसागरले रवीन्द्र मिश्रका कविता सरल र सहज रहेको गहिरो अर्थ बोकेको बताएइ । उनले भने-उनीभूपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेतापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’

मिश्रका कविता प्रेप, पीडा, देशभक्ति, अध्यात्म र दर्शन जस्ता विविध विषयमा छरिएका छन् ।

उनी भन्छन्-‘लाहोर, लण्डन र काठमाडौं तीनै ठाउँमा बस्दा बेलाबखगत कविता लेख्ने र कहिले काहीँ छपाउने गरेको भएपनि संङ्ग्रह नै प्रकाशित गर्नमा भने कतिपय कविहरुले दिएको प्रेरणा र प्रोत्साहानको ठूलो भूमिका छ ।’

पुस्तकको बिक्रीबाट लेखकले पाउने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितमा खर्च गरिने मिश्रले बताएका छन् ।

मिश्रका यसअघि भूमध्यरेख : अर्थहीनताभित्र अर्थ खोज्दा र खानपुगोस्, दिनपुगोस् प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment