Comments Add Comment

स्टपमा लाग्यो बल, तर ब्याट्सम्यान आउट भएनन्

Ed Joyce

विश्वकपमा आयरल्याण्ड र यूएईबीचको खेलमा क्रममा केही अनौठो दृश्य देखियो ।

आयरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको थियो । यूएईका अमजद जावेदले योर्कर बल फाले । आयरल्याण्डका जोएस चुके र बल अफ स्टम्पलाई छुँदै गयो ।

बलले जब स्टम्पलाई लाग्यो बेल्स भूँईमा झरेन । यूएईका खेलाडीहरु विकेटको खुसी मनाइरहेका थिए । तर, जोएसले पछाडि फर्किएर हेरे, न स्टम्प ढलेको थियो न बेल्स नै खेसेको थियो ।

रेफ्रीले विकेट दिएनन् । उक्त मसय जोएस १६ रनमा थिए भने २७९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १ विकेटको क्षतिमा ३५ रनमा थियो ।

बुधबार शासद जोएस भाग्यमानी थिए, त्यसैले उनीले दुई पटक जीवनदान पाए । मोदम्मद तौकिरले १८ औं ओभरको पहिलो बलमा नै रिटर्न क्याच छोडे । तर, उनले यसको धेरै फाइदा उठाउन भने सकेनन् ।

उनी ३७ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment