Comments Add Comment

हुलाक बाकसमाथि मैथुन गर्ने पुरुषको प्राणान्त

rrr

सडक किनारामा राखिएका चिठीपत्र जम्मा गर्ने बाकससँग सम्भोग गर्ने एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बेलायतको ग्रेटर म्यानचेष्टरका बासिन्दा ४५ वर्षीय पाउल बेन्नेट आइतबार स्थानीय एक चिनिया रेष्टुराँको पछाडि मृत अवस्थामा फेला परेको एक बेलायती अनलाइनले जनाएको छ ।

प्रहरीले उनको मृत्युमा कसैप्रति पनि शंका नगरेको र लागु औषधका कारण उनको मृत्यु भएको अनुमान गरेको छ ।

गएको महिना सार्वजनिक स्थानमा राखिएको एक पत्रबाकसमा आफ्नो गुप्तांग दलेर यौन सन्तुष्टि लिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस अवस्थामा उनले आफ्नो सुरुवाल तल झारेर गुप्तांग बाहिर निकालेका थिए भने यौनांगलाई पत्रमन्जुषामा दल्दै यौन सन्तुष्टि प्राप्त भएको भावमा चिच्याइरहेका थिए ।

विगान मजिस्ट्रेटले सोही अभियोगमा उनलाई अश्लीलता प्रदर्शन गरेको तथा धम्कीपूर्ण र दुव्र्यवहारजन्य क्रियाकलापमा संलग्न रहेको ठहर गरेको थियो । अदालतले उनीमाथि २६० पाउण्ड जरिवानाको फैसला गर्नुका साथै यौन हिंश्रकको रुपमा सरकारी खातामा दर्ता समेत गरेको थियो । साथै उनलाई एकवर्षे जनश्रमदान समेत गर्नुपर्ने अदालतले फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment