Comments Add Comment

स्कटल्याण्डद्वारा अफगानसामू २११ रनको लक्ष्य प्रस्तुत

Shapoor Zadran

विश्वकप क्रिकेटमा स्कटल्याण्डले अफगानिस्तानसामू २११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अफगानिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा सवै विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो ।

निकै खराव सुरुवात गरेको स्कटल्याण्डका माट मचान र प्रेस्टन मोमसेनले ५३ रनको साझेदारी गरे । मचान ३१ र मोमसेन २३ रनमा आउट भए । उनीको साझेदारी टुटे पछि विकेट झर्ने क्रम रोकिएन ।

तर, नवौं विकेटका लागि मजिद हक र इभन्स ६३ रनको साझेदारी गरेपछि स्कटल्याण्डल सम्मानजनक स्कोर बनायो । हकले ३१ रन बनाए भने इभन्सले २८ रनमा पधभेलियन फर्किए ।

अफगानिस्तानका शापुर जादरानले ४ विकेट लिए भने दौलत जादरानले ३ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment