Comments Add Comment

बाराही रिसोर्टको ब्यबस्थापनमा भारतीय चेन होटल

Chitwan-Nepal-2
१४ फागुन, काठमाण्डौं । चितवनको मघौलीमा रहेको डिलक्स रिसोर्ट ‘बाराही जंगल लज’को ब्यबस्थापनमा भारतीय चेन होटल प्रवेश गरेको छ ।

भारतको मध्यप्रदेशमा केन्द्रीत ‘पगदुन्दी सफारी समूह‘ले बाराहीको ब्यबस्थापन सुरु गरेको छ । जनवरीदेखि ब्यबस्थापन जिम्मा लिएको पगदुण्दीले हाल महाप्रबन्धकसहित केही उच्च पदस्त कर्मचारी बाराहीमा पठाएको छ ।

‘भारतमा वाइल्डलाइफ टुरिजममा बिशेषज्ञता हाँसिल गरिसकेको समूह भएकाले हाम्रो पहिलो रोजाईमा पगदुण्दी पर्‍यो’ बाराहीका निर्देशक योगेन्द्र थापाले भने ।

पगदुण्दी समूहले भारतमा ६ वटा डिलक्स रिसोर्ट संचालन गरिरहेको छ । सवैजसो रिसोर्ट राष्ट्रिय निकुञ्ज आसपासमा छन् भने वाइल्ड लाइफ टुरिजममा यो समूह अग्रणी मानिन्छ ।

Chitwan-Nepal-1

बाराहीको ब्यबस्थापन जिम्मा लिएपछि पगदुण्दीले अहिले चितवनको प्रर्बद्धन सुरु गरेको छ । भारतीय रिसोर्टसँगै नेपालको चितवनसमेत समावेश गरेर उसले प्याकेज बेच्न सुरु गरेको छ, जसका अधिकांश ग्राहक युरोपेली तथा अमेरिकी रहेका छन् ।

‘पगदुण्दीको ग्लोबल मार्केटिङ निकै बलियो छ’ थापाले भने-‘उच्चस्तरीय भारतीय पर्यटकलाई पनि पगदुण्दीमार्फत् चितवन ल्याउन सकिने राम्रो सम्भावना छ ।’ भारतका स्तरीय आन्तरिक पर्यटक तथा पश्चिमा पर्यटकहरुलाई सो चेनमार्फत् नेपाल भित्राउन सजिलो हुने उनले बताए ।

‘पगदुण्दीका भारतस्थित रिसोर्ट प्रायः बाघ अबलोकनका लोकपि्रय छन् । त्यहाँ हात्ति सफारीको चलन छैन, गैंडा हेर्न पनि पाइँदैन’ थापाले भने- हात्ति र गैंडाका लागि उनीहरुलाई चितवनसम्म तान्न सकिन्छ, त्यही नै हाम्रो स्ट्रोङ्ग सेलिङ फिचर हो ।’ गर्मी मौसमको छुट्टीका बेला भारतीय पर्यटकलाई तुलनात्मकरुपमा कम तापक्रम भएको चितवन आर्कषिर्त गर्न सकिने उनले बताए ।

पगदुण्दीको उच्च ब्यबस्थापनमा केही नेपालीहरु पनि छन जो यसअघि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगरटप्स रिसोर्टको ब्यबस्थापनमा सक्रिय थिए । निकुञ्ज ब्यबस्थापनले टाइगरटप्स बन्द गरेपछि उनीहरु पगदुण्दीको ब्यबस्थापनमा संलग्न भएका थिए ।

‘उहाँहरुकै कारण पनि हामीलाई सहकार्य गर्न सजिलो भएको हो’ थापाले भने- चितवन र यहाँको वाइल्डलाइफ टुरिजमको महत्व उहाँहरुले बुझ्नुभएको छ, अनुभवी समूह भएकाले बाराहीको ग्लोबल ब्राण्डिङमा सजिलो हुने छ ।’ टाइगर टप्स लगायत निकुञ्जभित्र रहेका स्तरीय रिसोर्ट बन्द भएपछि भडकिएका स्तरीय पर्यटकका लागि बाराही नयाँ बिकल्पका रुपमा स्थापित हुने उनले बताए ।

Chitwan-Nepal-4

चितवन राष्ट्रिय निकुञ्जको छेवैमा रहेका कारण बाराहीबाटै गैंडा लगायतका बन्यजन्तु आँखै अगाडी देख्न सकिन्छ । बाराही रिसोर्ट २० बिगाहा क्षेत्रफलमा फैलिएको छ जहाँ ३४ वटा डिलक्स रुम छन भने एउटा विलासी सुइट छ । त्यसबाहेक ९ बिगाहामा रिसोर्टले अर्गानिक खेती गरेको छ ।

गि्रन होटलको थिममा संचालित बाराहीमा पाहुनाहरुले रिसोर्टभित्र फलेको अर्गानिक तरकारी र सलाद खान पाउँछन् । बाराही पुग्ने पाहुनाले राप्ती नदीमा डुंगा यात्रा गर्न पाउँछन् हात्तिबाट जंगल सफारी र गैंडा लगायत जंगली जनावरको अबलोकन मुख्य बिशेषता हुन् । रिसोर्टमा दुईवटा स्वीमिङ पुल, स्पा, र मसाज लगायतका सुबिधा छन् । हरेक कोठाको कौसीबाट आँखै अगाडी राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज देख्न सकिन्छ ।

सुरुमा पोखरामा होटल बाराही संचालन गरेको बाराही समूहले करिव डेढ बर्षअघि मेघौलीमा बाराही जंगल लजका नाममा डिलक्स रिसोर्ट सुरु गरेको थियो । चितवनमा खुलेको यो अहिलेसम्मकै सवैभन्दा ठूलो र स्तरीय रिसोर्ट हो ।

Chitwan-Nepal-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment