Comments Add Comment

बिकिनी गर्ल भन्छिनः मलाई बिकिनी मन पर्दैन

Evelyn-Sharma
मुम्बई । यारिया र मै तेरा हिरो जस्ता फिल्ममा आफ्नो ग्ल्यामर रुप प्रस्तुत गरेकी नायिका एवलिन शर्मा आफुलाई वीकिनी मन नपर्ने बताउँछिन् ।

जबकी उनले पहिलो फिल्ममै वीकिनी लगाएर प्रस्तुत भएकी थिईन् । हिन्दी फिल्म ‘इश्केदारिया’ को पोष्टर लञ्च कार्यक्रममा मिडियासँग खुलेर कुरा गरेकी एवलिनले आफुलाई बिकिनी पटक्कै मन नपर्ने कुरा गरिन् ।

‘फिल्ममा दर्शकका लागि बिकिनी लगाएकी हुँ, तर, मलाई बिकिनी मन पर्दैन ।’ उनले भनिन् । प्रेमपूर्ण भावमा अभिनय गर्नु उनको रोजाईको विषय हो रे । असल प्रेमिकाको भुमिका निर्वाह गर्दा उनले आनन्द अनुभव गर्ने बताइन् ।

त्यसो त उनी प्रदर्शोन्मुख फिल्म ‘इश्केदारिया’प्रति निकै उत्साहित छिन् । वीके प्रकाशको निर्देशन रहेको यस फिल्ममा मिथुन चक्रबर्तीका छोरा मिमोह चक्रबर्ती मुख्य भुमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment