Comments Add Comment

निगमको पहिलो दिल्ली उडान शुक्रबार


Nepal-Airlines-New-plane-Sagarmatha  (2)

१४ फागुन, काठमाडौं । नेपाल वायु सेवा निगमको एयरबसले शुक्रबार विहान दिल्ली उडान गर्ने भएको छ । बुधबारबाट व्यवसायीक उडान सुरू गर्ने तयारी गरेकाे निगमलार्इ भारतीय नागरिक उड्डयन महानिर्देशकको कार्यालयले अनुमति नदिएपछि उडान रद्ध भएको थियो ।

‘सगरमाथा’ नामाकरण गरिएको ‘ए ३२०-२००’ एयरबसलाई भारतले बुधबार साँझ उडानका लागि अनुमति दिएको छ । ‘बुधबार साँझ उडान अनुमति पाइसकेका छाैं, शुक्रबारदेखि नियमित उडान सुरू गर्छाैं’ निगमका कर्पाेरेट डाइरेक्टर एवं प्रक्ता रामहरि शर्माले भने- ‘शुक्रबारको उडानलार्इ अहिले टिकट बेचिरहेका छाैं ।’

निगमलाई भारतले सन् २०१० मा पाँच वर्षका लागि वायुसेवा सञ्चालन गर्ने अनुमित दिएको थियो । त्यसको म्याद सकिन अझै केही समय बाँकी रहेपनि धेरै समयदेखि दिल्ली उडान नगरेको भन्दै नयाँ विमानले उडान भर्दा सम्पूर्ण कागपत्र चाहिने बताएपछि बुधबारका लागि तय भएको उडान रद्द भएको थियो ।

उडान रद्द भएपछि झन्डै दुईसय यात्रु अलपत्र परेका थिए । उनीहरुलाई अन्य विमानबाट पठाइएको थियो ।

नयाँ जहाजले प्रत्येक सोमबार, बुधबार, शुक्रबार र शनिबार दिल्ली उडान गर्ने तालिका रहेको छ । जहाज बिहान ८ बजे जाने र १० बजेर ४० मिनेटमा दिल्लीबाट नेपालका लागि र्फकने कार्यतालिका तयार पारिएको छ ।

निगमले मात्र ७ हजार १ सय रुपैयाँमा दिल्ली उडान गर्दैछ । नयाँ एयरबसमार्फत् उडान हुने र अन्य एयरलाइन्सका तुलनामा सस्तो भाडादरसमेत रहेकाले बजार विस्तारका लागि सहज हुने निगमको बुझाई छ ।

यो पनि पढ्नुहोस्, निगमको पहिलो एयरबस काठमाडौं आइपुग्यो (फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment