Comments Add Comment

प्राप्तिलाई भित्र्याउँदा पारस प्रशन्न (भिडियो र फोटो फिचरसहित)

Paras Khadka marriage ceremony photos  (66)१४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बिहीबार वैवाहिक जीवनमा प्रवेश गरेका छन् ।

पारस र प्राप्ती राज्यलक्ष्मी राणाबीच बिहीबार होटल सांग्रिलामा विवाह भएको छ । विवाहका लागि पारस बुद्धनगरस्थित घरबाट जन्तीसहित होटल पुगेका थिए ।

विवाहमा नेपाली क्रिकेट टोलीका अधिकांश सदस्यहरु सहभागी भएका छन् । नेपाली टोलीका प्रशिक्षक पुवुदु दशानायके ढाका टोपीमा सजिएर जन्ती गएका थिए ।

Paras Khadka marriage ceremony photos  (4)

होटल परिसरमा नै गोडा धुनेसहितका वैवाहिक विधिहरु गरिएको थियो । त्यसक्रममा बेहुला पारस र बेहुली प्राप्तीबीच बेला-बेला कानेखुसी चलिरह्यो । कप्तान पारस बेला-बला मन्द मुस्कान दिइरहेका थिए भने प्राप्तीले पनि उनलाई साथ दिइन् ।

यसअघि बुधबार स्वयंवर भएको थियो । लामो समयदेखि प्रेममा रहेका पारस र प्राप्तीबीच झण्डै तीन वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो ।

भिडियो हेर्नुस् 

Paras Khadka Marrige (1)

Paras Khadka Marrige (3)

Paras Khadka Marrige (6)

Paras Khadka Marrige (10)

Paras Khadka marriage ceremony photos  (15)
Paras Khadka marriage ceremony photos  (5) Paras Khadka marriage ceremony photos  (9) Paras Khadka marriage ceremony photos  (11)
Paras Khadka marriage ceremony photos  (27) Paras Khadka marriage ceremony photos  (40) Paras Khadka marriage ceremony photos  (44)

Paras Khadka marriage ceremony photos  (63)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment