Comments Add Comment

बुटवलमा ‘प्रेमी’ खोज्दै सुजना र कपिल

premi
पश्चिम नेपालको बुटवलबाट एक नयाँ नेपाली चलचित्रको छायांकन सुरु भएको छ । फागुन १ गते शुभसाइत गरेर छायांकन प्रारम्भ भएको चलचित्रको नाम ‘प्रेमी’ हो ।

विवेक थापाको कथा तथा निर्देशनमा तयार भैरहेको यो चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा आधारित भनिएको छ । चलचित्रमा कृष्णश्री काफ्ले र काँसिनाथ पन्थीको लगानी छ ।

यो चलचित्रमा कपिल गैरे, सुजना ढकाल, निशान्त पाण्डे, आकांक्षा पराजुली, विमल डोटेल, प्रकाश चापागाँई, इन्द्रलाल खड्गी, रेश्मा केसी लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

चलचित्रको छायांकन बुटवल, काठमाण्डौ, पोखरा र धरानमा गरिनेछ । एक महिनामा छायांकन सक्ने लक्ष्य लिइएको चलचित्रमा विकास चौधरीको संगीत छ । कृष्णश्री काफ्लेले नै निर्माण गरेको चलचित्र ‘उधुम’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment