Comments Add Comment

प्रियंकाको हट दृश्यमा ‘षडङ्ग’, भन्छिन्-‘मलाई च्यालेञ्ज दिने भूमिका मनपर्छ’

_MG_6334 copy
नायिका प्रियंका कार्कीले आफूलाई सधै नै च्यालेञ्ज दिने भूमिका मनपर्ने बताएकी छिन् । आफूद्धारा अभिनित चलचित्र ‘षडङ्ग’को पत्रकार सम्मेलनमा प्रियंकाले भनिन्-‘मलाई सधै नै केही नयाँ काम गरौ भन्ने लाग्छ । यो चलचित्रमा पनि मैले यस्तै भूमिका पाएकी छु ।’

सार्वजनिक गरिएको ट्रेलरमा नायिका कार्की अर्का कलाकार सौरमराज तुलाधरसँग चुम्बन गर्दै गरेको अवस्थामा देखिएकी छिन् भने उनलाई हट अवतारमा पनि प्रस्तुत गरिएको छ ।

कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक सुरज सुनुवारले ‘षडङ्ग’ले ६ वटा बिषय उठान गरेको बताए । उनले चलचित्रलाई ग्याङस्टारको कथामा तयार भएको बताए । निर्माता समिर सुनवारले चलचित्रको कथावस्तु राम्रो भएकाले आफूले लगानी गरेको बताउँदै भने-‘हामीले कथावस्तु अनुसार दृश्यमा कुनै संझौता गरेका छैनौ ।’

चलचित्रमा विजय लामा, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरुङ, नविन मानन्धरको साथमा विशेष भूमिकामा हर्षिका श्रेष्ठको अभिनय छ । चलचित्रमा शिशिर अर्यालको सह-निर्देशन छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुरेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य निर्देशन छ ।

कार्यक्रममा बोल्दै कलाकार सौगात मल्लले चलचित्रमा आफूले गर्न चाहेको भूमिका पाएको बताए । चलचित्रबाट आफू आशावादी भएपनि कस्तो चल्छ भनेर अहिले नै भन्न नसकिने उनको भनाई थियो । चलचित्रको एक गीतमा मात्र नायिका हषिर्का श्रेष्ठ देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment