Comments Add Comment

बादलसँग छुटेपछि हर्षिका ग्रिनकार्ड होल्डरको प्रेममा

harshikha-and-aashis

नायिका हर्षिका श्रेष्ठको प्रेम कथा पनि रोचक नै छ । २ जना प्रेमीसँग ब्रेकअप भएर बसेकी हर्षिका अहिले फेरि प्रेममा रहेको बताउँछिन् । हर्षिकाले भनिन्-‘मेरो २ जना प्रेमीसँग ब्रेकअप भएको त सबैलाई थाहा नै छ । अहिले फेरि प्रेममा छु ।’

अमेरिकामा रहेक ग्रिनकार्ड होल्डर आशिष कुमार शाक्यसँग आफू प्रेममा रहेको हषिर्काले अनलाइनखबरलाई बताएकी छिन् । उनको र आशिषको प्रेम भएको १ बर्ष भैसकेको छ । क्रिसमसमा नेपाल आएका आशिषसँगको तस्बिर हर्षिकाले फेसबुकमा पोष्ट गरिरहेकी छिन् ।

सानैबाटको साथी भएपनि १ बर्ष अगाडिबाट आफूहरुको मित्रता प्रेममा बदलिएको उनको भनाई छ । उनले २ बर्षपछि आफूहरुको बिहे गर्ने योजना सुनाइन् । तर, उनले भगवानले चाहेको खण्डमा यसपटक भने पहिलेको जस्तो ब्रेकअपको पीडा भोग्न नपर्ने खुलाइन् । हर्षिकाले भनिन्-‘अब ब्रेकअप नै भयो भने पनि के गर्न सकिन्छ र ? तेश्रो पटक ब्रेकअप भयो भनेर सोचुला । तर, यसपटक त्यस्तो हुँदैन भन्नेमा आशावादी छु ।’ अाशिष बसन्तपुरका बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment