Comments Add Comment

मिर्गौला रोगी पत्रकारलाई बेलायतबाट सहयोग

१२ फागुन, काठमाडौं  । दुबै मिर्गौलाले काम नगरेपछि अस्वस्थ बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई भोजपुर सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ । भोजपुर सेवा समाज बेलायतका अध्यक्ष दिलमान राईको सक्रियतामा संकलित एक लाख ३१ हजार ६ सय रुपैयाँ बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरियो ।
Help-for-Shyam-Krishna-Daha
ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा आयोजित कार्यक्रममा भोजपुर सेवा समाज बेलायका सदस्य पवन राईले नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष ज्ञानेन्द्र खड्कालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सदस्य राईले भोजपुरका सक्रिय एक पत्रकारलाई परेको अप्ठ्यारोमा बेलायतमा रोजगरी गरिरहेका भोजपुरेका तर्फबाट सानो सहयोग गरिएको बताए ।

रकम हस्तान्तरणपछि पत्रकार महासंघ भोजपुरका अध्यक्ष खड्काले भोजपुरको विकासका लागि ब्रिटिश गोरखाहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै यो सहयोगले पत्रकार दाहालको उपचारमा ठूलो सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव राजेश राईले पत्रकार दाहालको उपचारका लागि चौतारी र महासंघले अभियान जारी राखेको बताउँदै उनको उपचारका लागि सहयोगी हात अघि बढाउन अपील गरे । दाहालको सहयोगका लागि देश विदेशमा अभियान जारी राखिएको सचिव राईले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment