Comments Add Comment

आर्यनको अगाडि छल्कियो प्रियंकाको जवानी(भिडियो)

nai-navannu-la-3
गीतसंगीतकै कारण चर्चामा रहेको चलचित्र हो, ‘नाई नभन्नु ल ३’ । शिर्ष गीतले नै चर्चा पाएपछि अब यसको अर्को एक लोक लयको गीत सार्वजनिक गरिएको छ । प्रचारमा सुस्ताएको आरोप लागिरहेको समयमा विकास आचार्यको निर्माणमा मुष्कान ढकालले निर्देशन गरेको चलचित्रको ‘पानी झै छल्कियो जवानी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन सिग्देललाई फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना र मलिना राइको आवाज छ ।

चलचित्रमा सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल, आर्यन सिग्देल, प्रियंका कार्की, गरिमा पन्त, मुकेश ढकाल, संयम पुरी, आश्मा डीसीको साथमा बाल-कलाकार अनुभव रेग्मीको मुख्य भूमिका छ । चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसको यसअघिका २ सिक्वेल सुपरहिट भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment