Comments Add Comment

डर कि सन्देश दिने ‘माला’ ?

‘माला’का निर्देशक सुदिप भूपाल सिंह कथावस्तुका कारण आफ्नो चलचित्र चल्नेमा ढुक्क छन् । उनलाई लाग्छ, दर्शकले नयाँ कथा खोजिरहेका छन् जुन ‘माला’ले दिन्छ । चैत्र ६ गतेका लागि प्रदर्शन मिति तोकेको यो चलचित्रलाई निर्देशकले फरक स्वादमा सस्पेन्स पस्केको बताएका छन् ।
priyanka-and-aaryan
दर्शकले २ घन्टासम्म हलमा बसेर चलचित्र हेर्दा रमाइलो अनुभुती गर्ने उनको भनाई छ । उनले लामो समयको अनुसन्धानपछि ‘माला’को निर्देशन गरेको बताए ।

शिशिर राणा कार्यकारी निर्माता रहेको चलचित्रले सबैभन्दा पहिला आफूलाई चित्त वुझाएकाले दर्शकले पनि मन पराउने विश्वास निर्देशकको छ । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्कीको मुख्य भूमिका छ ।

यो चलचित्र हेर्दा दर्शक केही डराउने र सन्देश पनि दिने निर्माणपक्षले जनाएको छ । चलचित्रकी मुख्य कलाकार प्रियंकाले यसमा एउटा मात्र संवाद बोलेको निर्देशकले खुलाए । चलचित्रमा सुमिना घिमिरे, प्रज्वल गिरी, शिशिर राणाको मुख्य भूमिका छ । चलचित्रमा सोम सिंह र प्रज्वल अधिकारीले लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment