Comments Add Comment

नेपाली चलचित्रको बढ्यो गुणस्तर, ‘टूके’ क्वालिटीमै चलचित्र हेर्न सकिने

dcn

चलचित्र वितरण गर्दै आएको ‘डीसीएन’ अर्थात ‘डीजिटल सिनेमा नेपाल’ले आफ्नो सिस्टमलाई अपग्रेड गरेको छ । सिस्टम अपग्रेड गर्दै ‘डीसीएन’ले ‘टूके इन्कोडिङ’ सुरु गरेको हो ।

यो कम्पनीले पहिलो चलचित्र स्वरुप ‘सुन्तली’लाई परिक्षण गरेको थियो । ‘सुन्तली’को परिक्षण पश्चात अब अन्य नेपाली चलचित्र पनि ‘टूके’ फर्माटमै इन्कोडिङ गर्न सकिने डीसीएनले जनाएको छ । नेपाली चलचित्र ‘टूके’ र ‘फोर के’मा निर्माण भएपनि प्रविधीको विकास नहुँदा हलमा कम गुणस्तरमा चलचित्र प्रदर्शन हुने गरेका थिए ।

डीसीएनका अध्यक्ष अशोक शर्माका अनुसार टूके वा फोर के क्यामेराबाट खिचिएका नेपाली चलचित्रलाई टूके कै क्वालिटीमा पर्दामा देखाउँन सकिनेछ । यस्तै, यो सिस्टमबाट विश्वको कुनै पनि हलमा नेपाली चलचित्र सजिलै प्रदर्शन गर्न सकिनेछ ।

यसरी प्रदर्शन गर्दा सुरक्षित पनि हुने अशोकले जनाएका छन् । तत्काल नेपालका २० वटा हलमा हलिउड र बलिउड चलचित्रको गुणस्तर सरह नेपाली चलचित्र हेर्न सकिनेछ । हाल नेपालका क्यूएफएक्स च्यानलका ६ वटा पर्दासहित, बीग मुभिजको ३, एफ क्यूबको ३, गोपीकृष्णको १, सिने द सेफको २ , हेटौंडा नारायणीे मलको २ र ईटहरी सिनेमाको १ पर्दा गरि २० पर्दामा टूके पद्धतीकै प्रोजेक्सन जडान गरिएको डीसीएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment