Comments Add Comment

अस्पतालको बेडमा अम्बर गुरुङको जन्मदिन

ambar-gurung-birthday
बरिष्ठ संगीतकार अम्बर गुरुङले आफ्नो ७८ औं  जन्मदिन मनाएका छन् । राजधानीको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।

फागुन ७ गते आफ्नै घरमा अचानक लडेपछि उनलाई धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । राष्ट्र गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको अस्पतालले जनाएको छ ।

केही समययता पार्किन्सन्स र मधुमेहका कारण पीडित बनेका गुरुङ अचानक अचेत भएर लडेपछि उनको हात र टाउकोमा चोट लागेको थियो । उनलाई उच्च निगरानीमा राखेर उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment