Comments Add Comment

ढुकुटी खेलाउने १० जना पक्राउ, ४२ लाख बढी बरामद

१४ फागुन, काठमाडौं । अवैध रुपमा ढुकुटी खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ११ लाख नगद र झण्डै ३२ लाखको चेक बरामद भएको छ ।

अबैध रुपमा ढुकुटी खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डल्लु आवास क्षेत्रस्थित सुचित्रा कपालीको घरमा छापा मारेको थियो ।

घरको दोस्रो तलामा ढुकुटी खेलिरहेको अवस्थामा कपालीसहित बाग्लुङ अधिकारी चोकका सम्पुर्ण घर्तिमगर, बालकृष्ण घर्तिमगर, जैदीगाका शुभाष जीसी, खोटाङ निर्मलीडाँडाकी रिता भन्ने श्वेता राई, काडमाडौं धर्मस्थलीकी वविता भट्ट सापकोटा, टेकुकी कन्चन महर्जन, गोरखा नारेश्वरकी गीता भन्ने संगिता थापा, काभ्रे मेच्छेका निलम तामाङ्ग घिसिङ र सिन्धुपाल्चोक तातोपानीका साङ्गे शेर्पा छन् ।

उनीहरुको साथबाट ११ लाख ९ हजार ७३५ रुपैयाँ, ८ हजार ७ सय भारु र बिभिन्न बैंकहरुको काटिएको चेक ३१, लाख ९७ हजार ५०० बराबरको १० थान केच बरामद भएको छ ।

उनीहरुलाई गैर कानुनी निक्षेप संकलन मुद्धामा आवश्यक अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीका अनुसार सुचित्रा कपालीसहित सम्पूर्ण, श्वेता, वविता र निलम यसअघि पनि ढुकुटी खेलाएको आरोपमा पक्राउ परी धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment