Comments Add Comment

नोट फोर किन्दा थापाले हात पारे ४६ इञ्चको टिभी

Note-4-Winner-final

सामसुङ ग्यालेक्सी नोट फोर गिफ्ट सपी अफरअन्तर्गत पहिलो विजेता बिजय सिंह थापा भएका छन् । उनले पुरस्कार स्वरुप ४६ इञ्चको सामसुङ एचडी टेलिभिजन हात पार्न सफल भए ।

सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसका आयुष श्रेष्ठले विजेता थापालाई एक कार्यक्रमबीच टेलिभिजन प्रदान गरे । थापाले ग्यालेक्सी नोट फोर खरिद गर्दा लक्की ड्र मार्फत टेलिभिजन हात पारेका हुन् ।

नोट फोर खरीद गर्ने उपभोक्ताले अफरअन्तर्गत केही न केही उपहार पाउँछन् । कम्पनीका अनुसार नोट फोरको खरिदमा स्क्र्याच कुपन मार्फत सामसुङ टिभी, सामसुङ गिएर एस, ५ ग्राम सुन, सामसुङ ट्याब्लेट लगायतका पुरस्कारहरु प्राप्त गर्न सकिन्छ ।

यसका साथै नोट फोर खरीदकर्ताले सामसुङ ब्लुटुथ स्पिकर, सामसुङ भ्याकुम क्लिनर तथा ५ हजार रुपैयाँ क्यासब्याक समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ५५ सयको एन सेल डाटा प्याक समेत नोट फोरमा उपलब्ध गराउँछ ।

नोट फोरसँग नोट तथा एस सिरिजका फोन सटही गर्ने उपभोक्ताले समेत थप ३ हजार क्यासब्याक प्राप्त गर्न सक्ने सामसुङले जनाएको छ । यो अफर आउँदो मार्च ३१ सम्म रहने छ ।

सामसुङको दरबारमार्ग, पाको, खिचापोखरी, बौद्ध, तथा महाराजगञ्जमा रहेका ब्राण्डसपसँगै काठमाण्डौ बाहिर पोखरा, बुटबल तथा नारायणगढमा यो अफर उपलब्ध रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment