Comments Add Comment

बाग्लुङमा खुल्यो एनसेल सेन्टर, रिचार्जमा बोनस अफर

Ncell-CEO-inaugurates-Baglung-Ncell-Center-Final-1

एनसेलले ग्राहकहरुलाई स्थानिय शहरबाटै सहज रुपमा पूर्ण सेवा प्रदान गर्ने क्रममा बाग्लुङमा एनसेल सेन्टर सञ्चालन गरेको छ ।

सेन्टरको एनसेलका कार्यकारी प्रमुख एरिम टाईलानलर र वरिष्ठ प्रहरी उपरिक्षक शुवास चन्द्र चौधरीले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा जील्लाका वरिष्ठ सरकारी अधिकारीहरु, व्यवसायी लगायत ग्राहकहरुको उपस्थिति रहेको थियो ।

एनसेल सेन्टरबाट ग्राहकले नयाँ सिम लिन तथा सिम परिवर्तन गर्न पाउनुका साथै जिपिआरएस, एमएमएस सेटिङ, अन्तर्राट्रिय रोमिङ्ग, विस्तृत कलविवरण, रकम ट्रान्सफर, बिलभुक्तानी, कर्पोरेट सेवा, ब्ल्याकवेरी सेवा, स्वामित्व परिवर्तन लगायत अन्य सुविधाहरु पनि प्राप्त गर्नेछन् ।

‘हाम्रा ग्राहकले स्थानिय ठाउँबाट नै हाम्रा सम्पुर्ण सेवा तथा सुविधाहरु सहज रुपमा प्राप्त गर्न सकुन् भन्ने योजना अनुरुप हामीले बाग्लुङमा एनसेल सेन्टरको विधिवत शुरुवात गरेका हौं’ कार्यकारी प्रमुख टाइलानलरले भने- ‘यसले ग्राहकलाई एनसेलका सेवा तथा सुविधाहरुको बारेमा जानकारी लिन तथा छिटो तथा छरितो सेवा प्राप्त गर्न सहयोग गर्नेछ ।’

Customer at newly inaugurated Ncell Center in Baglung final 2

एनसेलले उक्त सेन्टरबाट सय रुपैयाँ वा सोभन्दा बढिको रिचार्ज कार्डको खरिदमा बोनस व्यालेन्स प्रदान गरेको छ । ग्राहकले सय रुपैयाँको रिचार्जमा १० रुपैयाँ बोनस, दुई सयको रिचार्जमा १५ रुपैयाँ, तीन सयको रिचार्जमा २५ रुपैयाँ, पाँच सयको रिचार्जमा ५० रुपैयाँ र हजारको रिचार्जमा सय रुपैयाँ बोनस प्रदान गर्ने कम्पनीले जनाएको छ ।

साथै, फागुन २१ गतेसम्म मान्य हुनेगरि एक हप्ताका लगि एनसेलले उक्त सेन्टरबाट प्रो प्लान अन्तर्गत सिम खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क एक्टिभेसन गर्न सक्ने सुविधा समेत प्रदान गरेको छ ।

एनसेलले यसअघि काठमाडौं उपत्यकाभित्र नयाँवानेश्वर, नयाँसडक, कलङ्की, चाबहिल, महाराजगञ्ज,  दरवारमार्ग, कुमारीपाटीलगायत ७ स्थानमा सेन्टर विस्तार गरेको छ ।

काठमाडौं बाहिर बनेपा, पोखरा, विराटनगर, सुर्खेत, जनकपुर, नेपालगञ्ज, हेटौंडा, लाहान, बिरगञ्ज, दाङ्ग, गोर्खा, बिर्तामोड, दमक, पाल्पा, बुटवल, सिन्धुली, दमौली, महेन्दनगर, चन्द्रनिगाहपुर, मलङ्गवा, नारायणघाट, धनगढी, राजविराज, स्याडंजा, डडेलधुरा, धरान र इटहरी लगायतका २७ ठाँउहरुमा एनसेल सेन्टरहरु विस्तार गरिसकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment