Comments Add Comment

आईसीसी हल अफ फेममा मार्टिन क्रो

Martin-Crowe

न्यूजिल्याण्डका लेजेन्ड मार्टिन क्रो अहिले क्यान्सरको जटिल र दुर्लभ चरणबाट गुजि्ररहेका छन् । शनिबार दुई आयोजक राष्ट्रहरुको खेलमा उनलाई ‘आईसीसी हल अफ फेम’मा बोलाइएको छ ।

उनलाई न्यूजिल्याण्डको अकल्याण्डमा रहेको इडेन पार्कमा ‘इनिङ ब्रेक हल अफ फेम’ बाट सम्मान गरिनेछ । यो सम्मान पाउने उनी ७९ औं ब्यक्ति हुनेछन् ।

उनी डबल-हिट लिन्फोमा भनिने दुर्लभ रगतसम्वन्धी रोगबाट ग्रसित छन् । उनले आफूलाई खेल हेर्न रोगले पनि बन्चित गर्न नसक्ने बताए ।

उनले ७७ टेस्ट र १४३ वन डे खेलेका छन् । १९९२ को विश्वकपमा उनले इडेन पार्कमा अष्टे्रलिया बिरुद्धको क्वाटर फाइनल विनिङ शतक प्रहार गरेका थिए ।

उनलाई आइसीसीका डिरेक्टर तथा क्रिकेट अष्ट्रेलियाका प्रमुख वाली इडवार्डद्धारा स्मारक टोपी प्रदान गरिने छ ।

अघिल्लो हप्ता मेलबर्नमा भारतीय पूर्व बलर अनिल कुम्बले र अष्टे्रलियन महिला पूर्व क्रिकेटर बेट्टी विल्सनलाई आईसीसी हल अफ फेममा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment