Comments Add Comment

अब साउदीमा सुन्दर महिलाले जागिर नपाउने

woman-working

साउदी अरेबियाका घरबेटी महिलाहरुले आफ्नो घरमा घरेलु कामदारका रुपमा ल्याउने विदेशी महिला कामदार कस्तो हुनुपर्ने भन्ने विषयमा अनौठो सर्त तेर्साएका छन् । साउदी घरधनी महिलाहरुको सर्त छ-घरेलु कामदार महिला बढि सुन्दरी हुनु हुँदैन, जो महिला बढि सुन्दर छन् उनीहरुले काम पाउनेछैनन् ।

नेपाल लगायत एसियाका विभिन्न देश तथा अन्य अपि|mकी देशहरुबाट समेत महिला घरेलु कामदार भित्राउँदै आएको साउदी अरेबियाका महिलाहरु विदेशी महिला कामदारको सुन्दरताप्रति किन यतिधेरै पूर्वाग्रही बनेका होलान् ? कामदार महिलाहरुको सुन्दरताप्रति उनीहरुको किन यत्रो रिस होला ? अनि उनीहरुले किन नराम्रो अनुहारका महिलालाई मात्र घरेलु कामदार बनाउन चाहेका होलान् ?

इमिरेट्स अनलाइनका अनुसार सुन्दर अनुहार भएका विदेशी महिला कामदारहरुबाट पछिल्लो समय भोग्नुपरेको पारिवारिक समस्याका कारण साउदी महिलाहरु कुरुप कामदारको खोजीमा लागेका हुन् ।

साउदी सरकारले मोरक्को र चिलीबाट समेत घरेलु कामदार महिला भित्राउने तयारी गरेसँगै साउदी महिलाहरुले ती देशहरुबाट महिला कामदार भित्राउन नदिने अडान लिएका छन् । यसको एकमात्र कारण हो ? ती देशका महिलाहरु बढि सुन्दर हुन्छन् ।

मोरक्को र चिलीका महिलाहरु एसियाली मुलुकका महिलाको तुलनामा बढि सुन्दर हुने र एसियाली जत्तिको इमान्दार पनि नहुने भएकाले आफुले ती देशबाट महिला कामदार आफ्नो घरमा ल्याउन नदिने अडान साउदी महिलाहरुले राखेको बताइएको छ ।

मोरक्को र चिलीबाट आउने घरेलु महिला कामदारलाई आफ्नो लोग्नेले काम दिन चाहेपनि आफुहरुले अस्विकार गर्ने र कामदारको रुपमा राख्नै परेमा पनि पहिले ती कामदारको फोटो हेरेर बढि सुन्दर अनुहार नभए मात्र घरमा राख्न सकिने भनि धेरै साउदी महिलाहरुले भन्ने गरेको जेद्दास्थित विदेशी घरेलु कामदार भित्राउने एक कार्यालयका निर्देशक इदि अबु फाहदले बताएका छन् ।

घरेलु कामदार महिलाहरु बढि सुन्दर भएमा आफ्नो लोग्ने सोही कामदार महिलासँग सल्किने र त्यसपछि पारिवारिक सुख भताभुंग हुने डर साउदी महिलाहरुमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment