Comments Add Comment

सित्तैमा कपडा पाउने लोभमा अर्धनग्न युवायुवतीको लर्को (फोटोफिचर र भिडियो सहित)

underwearmain copy

सित्तैमा पाएपछि मान्छेले अलकत्रा खान पनि पछि पर्दैन भन्ने उखानै छ । कुनै पसलेले सित्तैमा कपडा दिन्छु नांगै भुतुंगै भएर आओ भन्यो भनेपनि मान्छेहरु कपडाको लोभमा लाज नमानीकन नांगै भएर पसल अगाडि लाम लाग्दा रहेछन् । अरु त अरु, चीनजस्तो देशका मानिसहरु जाबो कपडाका लागि समेत अर्धनग्न बनेर पसल अगाडि लाम लाग्न पछि परेनन् । दर्जनौँ युवायुवतीहरु सित्तैमा कपडा पाउने लोभमा अर्धनग्न भएर सपिङ मलमा भेला भएका छन् ।

चीनको वुहान सहरस्थित एक सपिङ मलले हालै एकल दिवस (सिंगल्स डे)का दिन गज्जबको अफर घोषणा गर्यो । त्यस अनुसार उक्त दिन भित्री वस्त्र मात्र लगाएर सपिङ मलमा आउने सुरुका २ सय जना ग्राहकलाई सित्तैमा लत्ताकपडा दिने घोषणा गरियो ।

wuhan (2)

आफ्नो व्यवसायिक प्रवर्द्धनको एउटा रणनीतिको रुपमा सपिङ मलले घोषणा गरेको उक्त अफरको चोटिलो दृश्य कैद गर्नका लागि १ सय जना बिकिनी मोडेलहरुलाई समेत आयोजकहरुले निम्तो दिए ।

सपिङ मल घोषणा गरेको अफर अनुसार सित्तैमा कपडा पाउने आशामा कैयौँ युवायुवतीहरु पेन्टी तथा ब्रा मात्रै लगाएर सपिङ मल अगाडि भेला भए । उनीहरु त्यहाँ पुग्दा बिकिनीमा सजिसजाउ भएका सुन्दर मोडल युवतीहरु तैनाथ भैसकेका थिए । उनीहरुको सुन्दर तथा कामुक जिउका अगाडि आफ्नो नमिलेको अर्धनग्न जिउ देख्दा सित्तैमा कपडा लिन गएका युवा युवतीहरु सुरुमा त हच्किए । तर अन्तमा भने सपिङ मलले सित्तैमा दिएका लत्ताकपडा लिएर फर्के ।

wuhan (7)

Desigual17_0

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment