Comments Add Comment

सबैभन्दा बढी आम्दानी गर्ने पार्टी एमाले

१५ फागुन, काठमाडौं । प्रमुख तीन दल मध्ये सबैभन्दा बढी आम्दानी नेकपा एमालेले गरेको छ । गत वर्ष एमालेले १६ करोड आम्दानी गरेको थियो भने एमाओवादीले सात करोड तथा कांग्रेसले तीन करोड आम्दानी गरेको थियो ।

flag

नेपाली कांग्रेसले आर्थिक वर्ष ०७०/७१ मा तीन करोड नौ लाख १२ हजार ८ सय ६६ रुपैयाँ आम्दानी गरेको छ भने तीन करोड २७ लाख ८२ हजार चार सय ४६ रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष कांग्रेसले ८३ लाख २५ हजार दुईसय १८ रुपैयाँ आम्दानी गरेको थियो भने एक करोड ४९ लाख ६० हजार सात सय ४० रुपैयाँ खर्च गरेको नयाँ पत्रिकामा खबर छ ।

सदस्यता, लेभी र नवीकरणबाट ३५ लाख ५० हजार चार सय ६०, चन्दा तथा सहयोगबाट दुई करोड ५३ लाख ५९ हजार पाँच सय ५१ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको लेखापरीक्षण प्रतिवेदनअनुसार उसले विदेशी दाताबाट भने रकम लिएको छैन् ।

आर्थिक वर्ष ०७०/७१ मा एमालेले १६ करोड ३१ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ भने ११ करोड ९३ लाख ९७ हजार खर्च गरेको छ ।

अघिल्लो वर्ष एमालेले तीन करोड ९० लाख ८८ हजार दुई सय ३० रुपैयाँ आम्दानी गरेको थियो भने तीन करोड ५३ लाख ११ हजार ३९ रुपैयाँ खर्च गरेको छ ।

एमालेले सदस्यता, लेभीबाट सात करोड ४९ लाख ६१ हजार दुई सय ६ रुपैयाँ, स्वदेशी चन्दादाताबाट एक करोड ९५ लाख ५९ हजार आठ सय २४, संस्थागत रुपमा विदेशबाट ६ करोड ३८ लाख ५३ हजार नौ सय सात रुपैयाँ प्राप्त गरेको जनाएको छ ।

त्यस्तै एमाओवादीले आर्थिक वर्ष ०७१/७१ मा सात करोड ६६ लाख ६५ हजार एक सय ४४ रुपैयाँ आम्दानी गरेको छ भने चार करोड ५५ लाख ८९ हजार नौ सय २२ रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा एमाओवादीले सात करोड ४५ लाख ६६ हजार नौ सय ७९ रुपैयाँ आम्दानी र आठ करोड १५ लाख सात हजार ६ सय १६ रुपैयाँ खर्च गरेको थियो ।

सहयोग तथा चन्दाबाट चार करोड ७७ लाख ५३ हजार आठ सय ५८ रुपैयाँ रहेको छ, प्रकाशनबाट ९५ हजार पाँच सय ७०, आमसभा र आन्दोलनबाट १० लाख ४३ हजार, विधिबाट ६ लाख १९ हजार नौ सय ११ रुपैयाँ आम्दानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment