Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले दुर्गमका अधिकांश विमानस्थल घाटामा, पिनामा भ्याट छुटको फैसला, विशाखापट्टनम्मा भारतको सहमति, भारु भुक्तानी गर्न चाँदीको प्रयोग शीर्षकमा मुख्य खबर छापेका छन् ।
कारोबार दैनिकमा दुर्गमका अधिकांश विमानस्थल घाटामा, वित्तीय क्षेत्रमा अपेक्षित सुधार भएनः गभर्नर, कोरियामा नेपालीका ९ हजार गुनासा, वैदेशिक रोजगार ब्यवसायी संघ विवाद, सुदूर पश्चिममा बैंकहरुको लगानी बढ्दै लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा पिनामा छुटको फैसला ७५ करोड राजस्व गुम्यो, वित्तीय स्थायित्वका लागि सहकारी चुनौती, परिसंघले आपूर्ति ब्यवस्थापन तालिम सञ्चालन गर्ने, जापानले पूर्णकालीन नेपाली कामदार लिने, ट्रान्समिसन लाइन थप नहुँदा लगानी निरुत्साहित, यतीको जहाज भाडामा लिएर हिमालयको परीक्षण उडान लगायतका खबर छन् ।
नागरिक दैनिकमा विशाखापट्टनम्मा भारतले सहमति जनायो, त्रिभुवन विमानस्थलमा तीन महिनापछि नयाँ राडार, उखुको मूल्य तोक्ने जिम्मा फेरि उद्योगलाई, सीएनआई-आईडीईआई सहमति, नेपाल बैंकको मनि टु इण्डिया लगायतका खबर छन् ।
अभियान दैनिकमा भारु भुक्तानी गर्न चाँदीको प्रयोग, दर्जनौं वस्तुमा प्रतिगामी भन्सारदर, महानगरको सम्पत्ति भाडामा दिने प्रक्रिया गलत, नेपालमा ‘मल्टिलेभल कार पार्किङ सिष्टम’ सुरु, उखुको मूल्य निर्धारण गर्न निर्देशन लगायतका खबर छन् ।
आर्थिक दैनिकमा राष्ट्रिय सहकारी बैंकको अधिकांश कर्जामा धितो तथा कागजपत्र नक्कली, पूर्वका मदिरामा नक्कली स्टिकर, बैदेशिक रोजगारीमा ज्यान गुमाउनेका छोराछोरीलाई शिक्षामा सहयोग, चार वटा वाणिज्य बैंकद्वारा स्प्रेडदर कार्यान्वयन अवज्ञा लगायतका खबर छन् ।

00

22

33

44

455

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment